sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कांग्रेसलाई सांसद वाग्लेको चूनौति : आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होईन सांसदबाट समेत राजीनामा दिन तयार हो ?

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १४:३१
कांग्रेसलाई सांसद वाग्लेको चूनौति : आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होईन सांसदबाट समेत राजीनामा दिन तयार हो ?

काठमाडौं, २१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले गृहमन्त्री रवि लामिछानेमाथि प्रतिरोध साँधिएको आरोप लगाएका छन् । उनले गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोपको बारेमा रोष्ट्रममा उभिएर आफ्नो धारणा राख्छु भन्दा अवसर नदिईएको भन्दै कांग्रेसको भूमिकाको आलोचना गरे । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आरोप लाग्नासाथ मन्त्रीबाट मात्र नभई सांसदबाट समेत राजीनामा दिनको लागि सर्वदलीय सहमति गर्न तयार हो ? भन्दै कांग्रेसलाई चूनोति दिए ।

उनले भने,‘विगत केही हप्तादेखि यो संसद्मा एउटा रिच्युल चलिरहेको छ । सहकारीको महाकाव्य नै लेख्न बसेजस्तो गरेर हाम्रो दैनिकी सुरु भैरहेको छ । तर, एउटा शब्द मैले कहिल्यैपनि सुन्न पाएको छैन्–लेख्नलाई महाकाव्य नै लेखियो होला । तर, समाधान भन्ने शब्द मैले सुन्न पाएको छैन् । प्रतिपक्षमा हुँदा हामीले पनि प्रश्न गरेका हौं । एउटा शालिन प्रतिरोध, शालिन प्रतिवाद संसदीय व्यवस्थामा प्रतिपक्षीय धर्म नै हो । त्यसलाई हामीले उन्नत किसिमले प्रयोग गरेकै हौं । सम्पूर्ण प्रतिपक्षीय रो’हरुले अर्थमन्त्रीको राजीनामा माग्दाखेरि हामी संयमित भएका थियौं । हामी रोकिएका थियौं । हामीले भन्यौं–अर्थमन्त्रीको पहिला कुरा सुन्नुपर्छ । उहाँलाई स्पष्टीकरणको मौका पहिला दिनुपर्छ भनेर भनेको हो । रास्वपा यस्तो एउटा प्रतिपक्षीय दल हो, जसले अनधिकृत व्यक्तिको प्रवेशद्धारा बजेट बनाईयो भन्दा हामीले राजीनामा मागेका थिएनौं । भौतिकमन्त्री माथिपनि लगभग सबै प्रतिपक्षी दलहरुले राजीनामा माग्दापनि हामीले भन्यौं–पहिला उहाँको कुरा सुन्नुपर्छ । आज माननीय गृहमन्त्रीजीले तपाईंहरुले मभित्र यही हलभित्र यति आक्षेप लगाउनुभएको छ, म रोष्ट्रममा उभिएर जवाफ दिन चाहन्छु भन्दै गर्दा उहाँलाई निषेध गरियो । यो हदसम्मको असहिष्णुता, यो अनुदारवाद कहाँबाट आयो ? यो कस्तो संस्कृति हामी बसाउन खोज्दैछौं ? यो असाध्यै चिन्ताजनक छ ।’

सांसद वाग्लेले संसदीय छानबिन समिति बनाउन आपत्तिजनक नभएको पनि टिप्पणी गरे । उनले भने,‘संसदीय छानबिन बनाउन आपत्ति होईन, तर कस्तो नजिर बनाउन गैरहेका छौं भन्नेबारे विचार हामीले गर्नुपर्ने हुन्छ । सर्वदलयी सहमति गरौं–आरोप लाग्नासाथ सबले राजीनामा गरौं । मन्त्रीमात्र होईन, सांसदले पनि राजीनामा गरौं । यो नजिर स्थापित गर्न हामी तयार हो ?’

  • साझा परिवेश
  • बुधबार, चैत्र २१, २०८० १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid