काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नेपाल र हङकङबीचको खेल सुरू हुनेछ ।
कपको साविक विजेता समेत रहेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा हुनेछ । नेपाल अघिल्लो दुई खेलमा विजयी भएको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । शनिबार भएको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको थियो ।
नेपालको समूहमा मलेसिया, कतार, हङकङ र साउदी अरेबिया छन् । कपको आयोजक ओमान समूह ‘बी’ मा छ । समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् । नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ ।