April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

केजरीवालले सर्वोच्चबाट पनि पाएनन् राहत

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १५:१५
केजरीवालले सर्वोच्चबाट पनि पाएनन् राहत

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट पनि तत्कालका लागि राहत पाउन असफल भएका छन् । सोमबार सर्वोच्च अदालतले केजरीवाल पक्राउको विषयमा प्रवर्तन निर्देशनालय (ईडी) लाई नोटिस जारी गर्दै २४ अप्रिलसम्म जवाफ दिन निर्देशन दिएको छ । अदालतले अब अप्रिल २९ मा केजरीवाल मुद्दाको सुनुवाइ गर्ने भएको छ ।

केजरीवालका वकिलले अप्रिल १९ मा सुनुवाइका लागि मुद्दाको सूची बनाउन माग गरेका थिए तर सर्वोच्च अदालतले चाँडै सुनुवाइ गर्न अस्वीकार गर्दै मुद्दालाई २९ अप्रिलमा सुनुवाइका लागि सूचीकृत गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सर्वोच्चका न्यायाधीश सञ्जीव खन्ना र न्यायमूर्ति दिपङ्कर दत्तको इजलासले केजरीवालको याचिकामा सुनुवाइ गर्नेछ । केजरीवालले यस अघि आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दिल्ली उच्च न्यायालयमा पुगेका थिए तर उच्च न्यायालयबाट उनले राहत पाएनन्, त्यसपछि केजरीवाल सर्वोच्च अदालत पुगेका हुन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १५:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।