काठमाडौं । अर्थमन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले पुस्करलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
अर्थसचिवको जिम्मेवारी भने मधुकुमार मरासिनीलाई दिइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालय हुँदै गत भदौ अन्तिमतिर कृष्णहरिको अर्थमा कमव्याक भएको थियो ।