May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य

  • साझा परिवेश
  • आइतवार, बैशाख १६, २०८१ १३:५८
नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य

दोस्रो टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाली राष्ट्रिय टोलीलाई एक सय ६१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा रोस्टन चेजको कप्तानीमा रहेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो । नेपाली स्पिनर चम्किएपछि वेष्ट इन्डिज कम योगफल मै रोकिएको हो ।

३६ वर्षीय दायाँ हाते ब्याटर आन्द्रे डेभिड स्टेफन फ्लेचरले ३६ बलमा सर्वाधिक ४३ रन बनाएका हुन् । उनले चार चौका प्रहार गरे । प्लेचरले वेष्ट इन्डिजबाट २५ एकदिवसीय र ५४ टी–२० आई खेलिसकेका छन् ।

नवौं नम्बर क्रिजमा आएका गुडाकेश मातीले आक्रामक ब्याटिङ गर्दै आठ बलमा दुई चौका र चार छक्कासहित ३३ रन बनाएका हुन् । अन्तिम ओभरमा उनले दीपेन्द्रसिंह ऐरीलाई २२ रन हानेका हुन् ।

कप्तान रोस्टन चेजले २२ बलमा दुई चौका र एक छक्कासहित २३ रन बनाए । पहिलो खेलमा अर्धसतक बनाएका चेजलाई स्पिनर कुशल भुर्तेलले बोल्ड गरेका थिए ।

ओपनर जोनसन चार्लेसलाई ११ रन बनाएको अवस्थामा सागर ढकालले बोल्ड गरेका थिए । केयसी कार्टीले १० रन बनाउँदा कुशल भुर्तेलले कप्तान रोहित कुमार पौडेलबाट क्याच गराएका हुन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १६, २०८१ १३:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट