May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई

  • साझा परिवेश
  • शनिबार, बैशाख २२, २०८१ २१:४२
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई

युवराज रेग्मी

बैशाख २२ , कमलगाउँपालीका /  झापाको कमल गाउँपालिकामा जारी वडा न १ वडा अध्यक्ष पुरुष फुटबल कपको उपधी वडा न ३ ले हातपारेको छ ।

यहि बैशाख १७ गते देखि वडा न १ को श्री नरेन्द्र जनता माध्यमिक बिद्यालय खेलमैदानमा जारी खेलको फाइनल खेल आज २२ गते सनिबार वडा न ३ र वडा न ६ बिच प्रतिस्पर्धा भएको थियो ।
प्रतिस्पर्धामा वडा न ३ ले वडा न ६ लाई सुन्यका विरुद्ध १ गोलगर्दै उपाधी हातपारेको हो। खेलको पहिलो हाफको सुरुवाती चरणमा आक्रमक रुपमा प्रस्तुत भएका वडा न ६ का खेलाडिहरुले खेलमा गोलगर्ने अबसर पाउन नसक्दा पहिलो हाफ बराबरिमा टुङिएको थियो ।

पहिलो हाफमा रक्षात्मक ढङ्गले प्रस्तुत भएको वडा न ३ ले दोस्रो हाफ सुरुभएको ४ मिनेटमै वडा न ६ का विरुद्ध १ गोलगर्दै खेलमा अग्रता कायमगर्न सफल भयो ।
वडा न ३ बाट जर्सी नम्बर २३ लगाएर मैदान उत्रिएका खेलाडी दिनेश मगरले हानेको बल वडा न ६ को गोलपोस्टको क्रसबारमा लागेर फर्कदै पुन गोलरक्षकलाई ठोक्किएर गोलमा परिणत भएको थियो ।
दोस्रो हाफको सुरुमै वडा न ६ का गोल रक्षकको आत्मघाती गोलनै खेलको अन्तिम समय सम्म वडा न ३ का लागि निर्णायक गोल बन्न सफल बन्यो ।

दोस्रो हाफको सुरुमै एक सुन्यले पछि परेपस्चात दबाबमा रहेको वडा न ६ का खेलाडिहरु त्यसपश्चात् रक्षात्मक ढङ्गले खेलमा प्रस्तुत भएका थिए । खेलमा एक सुन्यले पछि परेपश्चात् रक्षात्मक ढङ्गले प्रस्तुत भएको वडा न ६ ले वडा न ३ विरुद्ध कुनै रचनात्मक खेल प्रदर्शन गर्न सकेन ।
अन्ततः सुन्यका बिरुद १ गोलले पछिपर्दै वडा न ६ प्रतिस्पर्धाको उपबिजेतामा चित्त बुझाउन पुग्यो ।


खेलको बिजेता बनेको वडा न ३ नगद रु ४० हजारका साथमा ट्रफी , मेडल र प्रमाणपत्रले सम्म्मानित भयो ।

फाइनल खेलमा हार ब्यहोरेर खेलको उपबिजेता बनेको वडा न ६ ले नगद रु २० हजारका साथमा ट्रफी , मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्यो ।

वडा न ३ ले वडा न २ लाई सेमिफाइनलमा पराजित गरि फाइनल प्रवेश गरेको थियो भने वडा न ६ ले आयोजक वडा न १ को ( ख ) समुहलाई पराजित गर्दै फाइनलको यात्रा तयगरेको थियो ।

“लागुऔषध विरुद्ध हाम्रो अभियान , खेलकुदमा युवाको योगदान” नाराका साथ लागुपदार्थ तथा दुर्ब्यसन विरुद्ध युवाहरुलाई खेलकुदको माध्यमबाट सकारात्मक दिशातर्फ लगाब दिलाउन झापाको कमल गाउँपालिकामा बैशाख १७ गते देखि प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सञ्चालन गरिको थियो ।

कमल गाउँपालिका वडा न. १ र सोहि वडाको खेलकुद बिकास समितिद्वारा सम्युक्त रुपमा आयोजित वडास्तरीय वडाअध्यक्ष कप पुरुष फुटबल प्रतियोगिताको फाइनल खेलमा गाउँपालिकका अध्यक्ष हुकुम सिंह राई , पालिका उपाध्यक्ष प्रमिला नेउपाने तिवारी , वडा न १ का वडा अध्यक्ष केदार कटवाल लगायतले समापन कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कुल ७ वटा वडा रहेको कमल गाउँपालिकाका वडा मध्ये ६ वटा वडाबाट १ / १ टिम र आयोजक वडा न १ बाट दुई टिम गरि आठवटा टिमले प्रतियोगितामा सहभागिता जनाएकाथिए ।

विधागत पुरस्कार तर्फ उत्कृष्ट गोलकिपरको उपाधी वडा न १ का ब्रोमित लिम्बूले हातपारे, त्यसैगरी म्यान अफ द टुर्नामेन्टको उपाधी वडा न ६ का बिबेक लिम्बु तथा उदियमान खेलाडिको उपाधी वडा न १ का कलस अधिकारिले हातपारे । उनिहरुले जनही रु. ५/५ हजार प्राप्तगरे ।

साथै आजको फाइनल खेलको म्यान अफ द म्याचको उपाधी फाइनल खेल बिजेता टिम वडा न ३ केर्खाका खेलाडी दिनेश मगर बन्न सफलभए उनले रु १५ सय हातपारे ।

वडा अध्यक्ष पुरुष फुटबल प्रतियोगिता संचालनका लागि कमल गाउँपालिकाको वडा न १ ले आफ्नो बजेट बाट रु २ लाख छुट्याएको थियो । उत्कृष्ट गोलकिपरको उपाधी वडा न ३ का खेलाडि ब्रोमिस लिम्बूले हातपारे , त्यसैगरी म्यान अफ द टुर्नामेन्टको उपाधी वडा न ६ का बिबेक लिम्बु तथा उदियमान खेलाडिको उपाधी वडा न १ का कलस अधिकारिले हातपारे । उनिहरुले जनही रु. ५/५ हजार प्राप्तगरे ।

साथै आजको फाइनल खेलको म्यान अफ द म्याचको उपाधी फाइनल खेल बिजेता टिम वडा न ३ केर्खाका खेलाडी दिनेश मगर बन्न सफलभए , उनले रु १५ सय हातपारे ।
वडाअध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता संचालनका लागि कमल गाउँपालिकाको वडा न १ ले आफ्नो बजेटबाट रु २ लाख रकम छुट्याएको थियो ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २२, २०८१ २१:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट