ताप्लेजुङमा भूकम्प गएको छ ।
आज बिहान पौने २ बजे ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ५ तापेथोक आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.४ म्याग्निच्युड मापन भएको छ ।
भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पले पुर्याएको क्षतिको विवरण आएको छैन ।