sweet bonanza
February 19, 2026 | बिहिबार, फाल्गुन ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रोहित आबद्ध टोरेन्टोको पहिलो हार

  • साझा परिवेश
  • सोमवार, साउन १४, २०८१ १0:२२
रोहित आबद्ध टोरेन्टोको पहिलो हार

काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनल्स ग्लोबल क्यानडा ट्वान्टी-२० लिगमा पराजित भएको छ। सोमबार बिहान सम्पन्न खेलमा सरे जगुआरसँग टोरेन्टो ८० रनले पराजित भएको हो। टोरेन्टोको यो पहिलो हार हो।

यसअघि टोरेन्टोले भ्यानकुभर नाइट्स र ब्राम्पटन वुल्भ्सलाई समान आठ विकेटले पराजित गरेको थियो। सरेको भने यो पहिलो खेल हो।

सरेले दिएको १६२ रनको लक्ष्य पछ्याएको टोरेन्टो १७.१ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटियो। टोरेन्टोका ओपनर उन्मुक्त चन्दले सर्वाधिक २१ रन बनाए। भान डेर डुसेन १५, निकोलस किर्टन ११ र रोहितकुमार पौडेल १० रनमा आउट हुँदा अन्यले दोहोरो अङ्कमा रन बटुल्न सकेनन्।

सरेका मार्कस स्टोइनिस र सुनील नारायणले समान तीन विकेट लिए। मोहम्मद नाबीले दुई र बेन लिस्टरको नाममा एक विकेट रह्यो।

त्यसअघि ब्याटिङ गरेको सरेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। सरेका कप्तान मार्कस स्टोइनिसले सर्वाधिक ५७ रन बनाए। काइल मेयर्स २७, वीरनदीप सिंह २३, ब्रान्डन म्याकमुलन १८ र मोहम्मद नाबी १३ रनमा आएट भए।

टोरन्टोका मोहम्मद रोहित र जुनैद सिद्दिकीले समान दुई विकेट लिए। जतिन्द्रपाल मथारु र रोमारियो शेफर्डको नाममा एक/एक विकेट रह्यो।

  • साझा परिवेश
  • सोमवार, साउन १४, २०८१ १0:२२

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid