March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु

१०८ प्रहरी अधिकृतको जागिर जोगियो

  • साझा परिवेश
  • शुक्रबार, भदौ ७, २०८१ १0:१९
१०८ प्रहरी अधिकृतको जागिर जोगियो

काठमाडौं सर्वोच्च अदालतले ३० वर्षे सेवाअवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले एक दशकअघि नै प्रहरीको निवृत्तिभरण र अवकाशसम्बन्धी ऐनमा राख्न निर्देशनात्मक आदेश जारी गरेको थियो । २०७० साल चैतमा सर्वोच्चको विशेष इजलासले प्रहरी कर्मचारीको नियुक्ति, निवृत्तिभरण र अवकाशसम्बन्धी व्यवस्था ऐनमा राख्न निर्देशनात्मक आदेश दिएको थियो ।

त्यसपछि नोकरी अवधि गणनाको विषयमा परेको अर्को रिटमा संवैधानिक इजलासले २०७२ सालमा ऐन बनाउन सरकारलाई सम्झाएको थियो । यी दुवै आदेश पालन नहुँदा आफूहरू अन्यायपूर्वक अवकाश पाउन लागेको भन्दै प्रहरी अधिकृतले बुधबार सर्वोच्चमा रिट हालेका थिए । १६ भदौमा ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा जान लागेका २१ जना प्रहरी अधिकृतले दिएको रिटमा बिहीबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश फुयाँलको इजलासले एक दशकसम्म सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको भन्दै सर्वोच्चले यस्तो अवज्ञा अक्षम्य भनेको छ । सेवाअवधिकै कारण दिएको अवकाशपत्र कार्यान्वयन नगर्न पनि इजलासले अन्तरिम आदेश दिएको छ । ‘संविधानको धारा १२६(२) र धारा १२८(४) अनुसार अदालतबाट भएका आदेश वा निर्णय, संविधान र कानुनको व्यवस्था वा प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालना गर्नुपर्ने देखिन्छ’, सर्वोच्चको बिहीबारको आदेशमा भनिएको छ, ‘यस अदालतबाट माथि उल्लिखित आदेशहरू नेपाल सरकारलगायत सबै प्रत्यर्थीले मान्नु र कार्यान्वयन गर्नु गराउनुपर्नेमा द्विविधा देखिँदैन ।

कानुनको शासन मान्ने देशमा यस्तो अवज्ञा क्षम्य हुने देखिँदैन ।’ रिटमा अघिल्ला फैसला कार्यान्वयन नहुन्जेल हालकै पदमा काम गर्न पाउनुपर्ने र अवकाशका लागि दिएको पत्र कार्यान्वयनमा रोक लगाउनुपर्ने माग गरिएको थियो । रिट दर्ता भएकै दिनदेखि अवकाशपत्र लागू नहुने गरी प्रबन्ध मिलाउने आदेश दिन पनि रिटमा माग गरिएको थियो ।

प्रहरी नियमावलीको नियम १२७(घ) बमोजिमको ३० वर्षे अवधिका आधारमा सेवाबाट अवकाश हुने भनी दिइएका पत्राचारहरू हाललाई कार्यान्वयन नगर्नू नगराउनू र त्यस्तो आधारमा कसैलाई कुनै पत्राचार नगर्नू÷नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । निजहरूको पदीय जिम्मेवारीमा परिवर्तन नगर्नू÷नगराउनू र प्रहरी किताबखानामा यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन विपक्षीका नाममा आदेश दिएको छ ।

यसअघि सर्वोच्चको बृहत् पूर्णइजलासका निर्देशनात्मक आदेश किन कार्यान्वयन नभएको हो ? र यस सम्बन्धमा संविधानको धारा १२८( ४) बमोजिम कारबाही किन चलाउनुनपर्ने हो ? भनी विपक्षीलाई १५ दिनभित्र छुट्टाछुट्टै जवाफ दिन पनि सर्वोच्चले माग गरेको छ । २०७२ सालमा समेत तत्कालीन एआईजी गणेशराज राई, डीएसपी दिनेशराज मैनाली, जीवनकुमार श्रेष्ठलगायतले फेरि अर्को रिट हालेका थिए । आजको राजधानी दैनिकमा खबर छ ।

  • साझा परिवेश
  • शुक्रबार, भदौ ७, २०८१ १0:१९

प्रतिक्रिया

नेपाल अपडेट