May 13, 2025 | मङ्लबार, जेष्ठ १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल

  • साझा परिवेश
  • सोमवार, भदौ १०, २०८१ १0:४९
विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामंगलमा असुरक्षित हवाई इन्धन डिपो स्थानान्तरणको विषयमा राज्यका निकायबीच तालमेल नमिलेको देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको धावनमार्गनजिक रहेको असुरक्षित डिपो अन्यत्र स्थानान्तरण गर्न निर्देशन दिए पनि त्यसका लागि अझै राजनीतिक प्रतिबद्धता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खोजेको छ।

सोमबार गोरखापत्र दैनिकमा समाचार छ, प्रधानमन्त्री ओलीले सौर्य एयरलाइन्सको विमान साउन ९ गते विमानस्थल परिसरमा नै दुर्घटना भएपछि असुरक्षित डिपोका कारण अझ ठूलो सम्भावित दुर्घटना रोक्न तत्काल डिपो सार्न पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई साउन १८ गते निर्देशन दिएका थिए।

प्रधानमन्त्रीले निर्देशन दिएको एक महिना हुन लाग्दासमेत सम्बन्धित निकायले अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन (आईकाओ) को मापदण्डविपरीत रहेको डिपो सार्नेबारे सम्बन्धित निकायबीच परस्पर विरोधी कुरा आएको छ।

प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिले इन्धन डिपो स्थानान्तरणका विषयमा आइतबार गरेको छलफलमा उपस्थित अधिकांश सांसदले हवाई सुरक्षाका दृष्टिकोणले उच्च जोखिम रहेको इन्धन भण्डारण जति सक्दो चाँडो स्थानान्तरण गर्न आवश्यक रहेको धारणा राखे। समितिका सभापति अब्दुल खानले डिपो सार्ने विषयमा स्थलगत अध्ययनसहित प्राविधिक विषयमा पुनः छलफल गरिने बताउँदै स्थानान्तरणको विकल्प नरहेको बताए।

तर वाणिज्य तथा आपूर्ति सचिव मधुसूदन बुर्लाकोटीले डिपो स्थानान्तरणका लागि जग्गा टुङ्गो नलागेको र त्यसका लागि अझै राजनीतिक प्रतिबद्धता चाहिने समितिलाई जानकारी दिनुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध गराउनासाथ प्रक्रिया अगाडि बढ्ने उनले बताए।

नेपाल आयल निगमका चण्डिकाप्रसाद भट्टले समेत जग्गा अभावका कारण तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको डिपो सार्न नसकेको बताए। ‘डिपो स्थानान्तरण गर्न हामी तयारी अवस्थामा छौँ तर जग्गा पाइरहेका छैनौँ, जग्गा उपलब्ध नभएका कारण डिपिआरको काम अघि बढाउन सकिएन’, उनले भने।

डिपो सार्न छ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो। बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जग्गा उपलब्ध गराइदिन निर्देशन दिन आग्रह गरिएको थियो तर प्राधिकरणले भने विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अनुसार पूर्वाधार विकासका लागि इन्धन डिपो स्थानान्तरणका लागि ७० रोपनी जग्गा छुट्याइसकेको जनाएको छ।

  • साझा परिवेश
  • सोमवार, भदौ १०, २०८१ १0:४९

प्रतिक्रिया

नेपाल अपडेट