May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै

यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्ने

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० १0:३६
यू-१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्ने

काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको आफ्नो दोस्रो खेलमा आज नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । बफेलो पार्क इस्ट लन्डनमा खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।

सुपर सिक्समा स्थान सुरक्षित गर्न नेपाललाई आजको खेलमा जित आवश्यक छ । देव खनालको कप्तानीमा रहेको नेपाल आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ पराजित भएको थियो । अर्जुन कुमान बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको थियो ।

आज पाकिस्तानसँग पराजित भए नेपालले शुक्रबार अफगानिस्तानलाई हराएर मात्रै पुग्ने छैन । अन्य टोली र नतिजामा पनि भर पर्नुपर्ने छ । पाकिस्तानलाई पराजित गर्न नेपाली टिमलाई ब्याटिङ र बलिङ दुवैमा सुधारिएको प्रदर्शन आवश्यक हुनेछ ।

यस्तै साद बैगको कप्तानीमा रहेको पाकिस्तान नेपाललाई पराजित गर्दै सुपर सिक्समा स्थान सुरक्षित गर्न चाहन्छ । पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानविरुद्ध १ सय ८१ रनको फराकिलो जित दर्ता गरेको थियो ।

यस जितले पाकिस्तान २ अंकसहित समूह डी को दोस्रो स्थानमा छ । अंकविहीन नेपाल तेस्रो स्थानमा छ ।

यू-१९ विश्वकपमा नेपाल र पाकिस्तान तीन पटक एक अर्का विरुद्ध मैदान उत्रिएका छन् । जहाँ दुवै देशले १-१ खेल जित्दा एक खेल वर्षाका कारण रद्द भएको थियो । समग्रमा दुई देशका युवा टोली ६ पटक आमने सामने भएका छन् । जसमा नेपाल १ र पाकिस्तान ४ खेलमा विजयी भएको छ ।

विश्वकप अन्तर्गत नै आज श्रीलंका र नामिबिया तथा स्कटल्यान्ड र वेस्टइन्डिज पनि प्रतिस्पर्धा गर्ने छन् ।

  • साझा परिवेश
  • बुधबार, माघ १०, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।