June 1, 2025 | आइतवार, जेष्ठ २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा

  • साझा परिवेश
  • बुधबार, चैत्र २७, २०८१ १९:0६
सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम आईपीयूको स्वास्थ्य समितिको सदस्यमा निर्वाचित भएकी छिन् । १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्यमा उनि निर्वाचित भएकी हुन् । आईपीयूको शासकीय परिषद्ले गौतमसहित अन्य १५ मुलुकका सदस्यलाई चार वर्षका लागि निर्वाचित गरेको हो। सन् २०२९ को मार्चमा सो समितिको कार्यकाल समाप्त हुनेछ । महासभाको २१४ औं अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नतिर गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय भएको थियो। सोही अनुसार बनेको समितिमा नेपालको तर्फबाट सांसद गौतम निर्वाचित भएकी हुन्।
त्यस्तै, अन्य निर्वाचित सदस्यहरूमा संयुक्त अरब इमिरेट्सकी संघीय राष्ट्रिय परिषद् सदस्य आर अल मन्सुरी, केन्याकी सिनेट सदस्य सी, मुएका मुम्मा, भारतका लोकसभा सदस्य एस जैसवाल, मेक्सिकोकी डेप्युटी सभागृह सदस्य एस. एभिला, नेदरल्यान्डकी प्रतिनिधिसभा सदस्य जे टिलन, स्वीट्जरल्यान्डका राष्ट्रिय परिषद् सदस्य सी लोहर, अल्जेरियाका जनप्रतिनिधि सभा सदस्य एफ इलिमी, आयरल्यान्डकी सिनेट सदस्य एल क्लिफर्ड ली, फ्रान्सकी राष्ट्रिय सभा सदस्य भि, रियोटोन, नामिबियाकी राष्ट्रिय परिषद् सदस्य टाङ्की मुतेका, उज्बेकिस्ताकी सिनेट सदस्य ओ अतानियाजोवा, जिम्बाब्वेका सिनेट सदस्य एस त्शाबाङ्ग रहेका छन् ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २७, २०८१ १९:0६

प्रतिक्रिया

नेपाल अपडेट