नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् ।बिहीबार कुवेतविरुद्ध खेल्दै उनले बिना डक आउट अर्थात शुन्यमा आउट नभइकन धेरै इनिङ्स खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । दिपेन्द्र आफ्नो टी२० आई करियरमा अहिलेसम्म शुन्यमा आउट भएका छैनन् । ७६ खेल खेलेका उनी ६६ इनिङमा डकआउट भएका छैनन् भने १० खेलमा ब्याटिङ गरेका छैनन् ।
यस्तै, यसको दोस्रो स्थनमा वेष्ट इन्डिजका मार्लोन नथानिएल स्यामुएल्स रहेका छन् । उनी ६५ खेलमा डगआउट भएका छैनन् ।
आज भएको कुवेतविरुद्धको खेलमा दीपेन्द्रले १२ बलमा ३१ रन बनाउँदै नेपाललाई जिततर्फ दोहोर्याएका थिए ।
दिपेन्द्रले यसअघि सबैभन्दा छिटो ९ बलमा अर्धशतक बनाउने कीर्तिमानी बनाएका थिए । यस्तै, एक ओभरमा ६ छक्का हानेर पनि उनले रेकर्ड बनाएका थिए ।