April 29, 2025 | मङ्लबार, बैशाख १७, २०८२
सुचनाहरु
कश्मीर आक्रमणको बिरोध गर्दै काठमाडौमा प्रदर्शन  हतकडीसहित भागेकि महिला पक्राउ परिन भारतमा  टिकटक बनाउन भन्दै बोलाएर  खोलामा लगेर १४ बर्षीय बालकको हत्या शिक्षक आन्दोलनको बिरोधमा यातायात व्यवसायीहरू उत्रिदैछन् सडकमा  उपचार गराउन रिहा भएका धवलशमशेर राजावादी आन्दोलनमा पुगे आज र भोलि देश्का धेरै ठाउँमा चट्याङ र हावाहुरी सहितको पानी पर्ने  दिउसो चट्याङ लागेर २ जनाको मृत्यु गगन थापाले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता  काङ्ग्रेसले किन जलायो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला? शिक्षक आन्दोलनको रिपोर्टिङ गर्न गएकी संचारकर्मी घाइते शिक्षकलाई आग्रह गर्दै सुमना श्रेष्ठ भन्छिन्अ: ब त पार्टी सदस्यता त्याग्नूस्  आज मातातिर्थ औँसीः आमाको मुख हेर्ने दिन, यसरी मनाइन्छ  नेपाल आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक, को हुन् ? किन शिक्षामन्त्रीलाई नभेटी फर्कियो शिक्षक महासंघको टोली ? सुनिताले बालेनलाई लक्षित गर्दै  “स्टन्ट गरेर देश बन्दैन” भनेपछी  पत्नीसँग छुट्टिए सीके राउत, यस्तो भयो सहमती भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्री छोरा पनि संलग्न  सञ्चारमन्त्री गुरुङको अन्तिम चेतावनी, ७ दिनभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध विनाशकारी भुकम्प गएको आज १० बर्ष पूरा अमेरिकाबाट भागेर नेपाल आएका भुटानी शरणार्थीलाई २४ घण्टाभित्र थुनामुक्त गर्न सर्वोच्चको आदेश

हतकडीसहित भागेकि महिला पक्राउ परिन भारतमा 

  • साझा परिवेश
  • सोमवार, बैशाख १६, २०८२ २१:१७
हतकडीसहित भागेकि महिला पक्राउ परिन भारतमा 

आफन्त नाता पर्ने बालिकालाई भारतमा लगेर बेचबिखन गरेको भन्ने आरोपपछी प्रहरीको हीरासतमा रहेकी ५० वर्षीया मिना शाही दमाइ कैलालीमा प्रहरी हिरासतबाट हतकडीसहित भागेकी थिइन् । उनि यतिबेला भारतमा पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टका अनुसार भारतको पलियामा लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। हतकडीसहित भागेकी उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याइँदैछ। मानव बेचबिखन कसुरमा म्याद थपका लागि सरकारी वकिल कार्यालय पु¥याएका बेला आइतबार दिउँसो शाही भागेकी थिइन्।
अभियुक्त शाहीलाई इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दा चलाएको थियो। वैशाख ४ गते पक्राउ परेकी उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिइन्।
अनुसन्धान गर्न पहिलोपटक ५ गते १० दिनको म्याद थप गरिएको थियो। दोस्रो पटक म्याद थपका लागि सरकारी वकिल कार्यालय पु¥याइएकी मिना फरार भएकी थिइन्। उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग छ। शाही हत्कडीसहित अभियुक्त भागेको घटनामा दुई जना प्रहरी कारबाहीमा परेका छन्।

  • साझा परिवेश
  • सोमवार, बैशाख १६, २०८२ २१:१७

प्रतिक्रिया

नेपाल अपडेट