May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

पनौती नगरपालिकाले मनायो १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ 0७:४२
पनौती नगरपालिकाले मनायो १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस

काभ्रे, मंसिर २१ :  शनिवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपालमा वि.स. १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ । त्यसअघि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो ।

त्यसबेलाको पारम्परिक चलनअनुसार अहिले पनि भूकम्प, बाढी–पहिरो र अरु प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको ठूलो भूमिका रहँदै आएको छ । हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउँदै आएको छ ।

यसैबिच काभ्रेको पनौती नगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवस मनाएको छ । कोभिड १९ को रोकथाम सबृद्धिका लागी संयुक्त कार्यःमहिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको भुमिका अपरिहार्य भन्ने नाराका साथ नगरपालिकाको स्वास्थ्य शाखाले कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानी,बागमती प्रदेश सभा सदस्य सांसद चन्द्र लामा,स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना, वडा नम्बर ७ का सदस्यहरु पुरुषोत्तम कर्माचार्य ,जीवन रघु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यस्तै वडा नम्बर ८ मा पनि दिवश मनाईएको छ । दिवशका अवसरमा वडामा कर्यरत महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट कार्यसेवाको मूल्यांकन गरी पुरस्कार वितरण गरिएको हो ।

  • साझा परिवेश
  • आइतवार, मंसिर २१, २०७७ 0७:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट