May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल बिरामीलाई सास्ती चिकित्सकलाई मस्ती

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:१९
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल बिरामीलाई सास्ती चिकित्सकलाई मस्ती

मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिँदा बिरामीलाई कठिनाई हुने गरेको छ ।

अस्पतालमा बिरामीको चाप अत्यधिक भए पनि चिकित्सक भने बिरामीको सेवाका लागि लामो समयसम्म नबस्ने गरेको बिरामीको गुनासो छ ।

सामान्य रोगको उपचार गर्न जाँदा चिकित्सक लामो समयसम्म नबसेका तथा नभेटिएका कारण आफू पटकपटक धाउन बाध्य भएको सुन्दरहरैँचा–७ निवासी बिरामी शम्भु विश्वकर्माले बताउनुभयो । आफू जस्तै दैनिक ज्यालादारी गरेर खानेलाई सामान्य उपचारका लागि पनि पटकपटक अस्पताल धाउँदा समस्या हुने गरेको विश्वकर्माको भनाइ रहेको छ ।

अस्पतालमा दैनिक रूपमा तीन सय बढी बिरामी उपचारका लागि पुग्छन् । बिरामीले काउन्टरमा बिल काटेर डाक्टरलाई जाँच गराउन, रिर्पोट बुझाउँन जाँदा अधिकांश चिकित्सक नभेटिने, हिँडिसकेको हुने स्थानीय सेवाग्राही केशव ओझाले बताउनुभयो ।

पूर्वाञ्चल विश्वविद्यालय आठ सय पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । उपचारका लागि विभिन्न विभाग भए पनि चिकित्सक समयसम्म नबसेका तथा नभेटिएका कारण सेवाग्राहीलाई सास्ती हुने गरेको स्थानीय शिक्षासेवी चोलाराज पोखरेलले बताउनुभयो ।

बिरामी भएर अस्पताल जाँदा पालो कुर्दाकुर्दै काम सकेर चिकित्सक छिट्टै हिँड्ने गरेकाले यो समस्याको समाधान गरी सरकारी अस्पतालले दिने सेवा सुविधालाई सुधार गर्न जरूरी रहेको पोखरेलले बताउनुभयो ।

अस्पतालको सुधार र विकासका लागि सम्बन्धित पक्षले चासो राखेर काम गर्न आवश्यक भएको निर्देशक आचार्यले बताउनुभयो । दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको उहाँको भनाइ छ ।

अस्पतालका चिकित्सक डा चन्दन विश्वासले बिरामीको चाप अत्यधिक भएकाले उपचारमा समस्या भएको बताउनुभयो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।