May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

ओखलढुंगामा भत्कदै एमालेको गढ

  • साझा परिवेश
  • सोमवार, कार्तिक २१, २०७९ १२:0८
ओखलढुंगामा भत्कदै एमालेको गढ


ओखलढुंगा
ओखलढुंगामा २०४८ साल देखि एमालेको गढ रहेका भनिएका स्थानमा गठबन्धनले भत्काउने भएको छ । जिल्लाको लिखु, सुनकोशी र चम्पादेवी गाउपालिकाका केही वडामा एमालेको विगतमा गढका रुपमा चिनएका स्थानहरु यस पटक गठबन्धनले भत्काउने निश्चित गरेको हो । यस पटकको निर्वाचनमा एमालेको जिल्ला व्यपी माहोल कमजोर देखिए पछि उक्त स्थानहरुमा एमालेका नेता तथा कार्यकर्ताले एमाले परित्याग गर्ने निकर्ष निकालेका हुन । उनिहरुको गठबन्धन दलमा प्रवेश गर्ने तयारी अन्तिम चरण पुगेको छ । ति गाउपालिकाका करिब १ हजार नेता तथा कार्यकर्ताले सामुहिक रुपमा एमाले छोड्ने निश्चित गरेकका हुन । ओखलढुंगा जिल्लाका ८ गाउपालिका मध्ये ७  गाउपालिका प्रमुख र ७५ वडा मध्ये ५३ वडा अध्यक्ष गठबन्धनको जित रहेको छ ।

स्थानिय तहको कुलमत परिणम हेर्ने हो भने जिल्लाको क प्रदेश तर्फ गठबन्धनको मत २ हजार ८ सय २४ ले अगाडी छ भने ख प्रदेशमा ४ हजार ८ सय ४२ मतले अगाडी देखिन्छ । प्रदेश क मा गठबन्धनको १६ हजार ८ आठ सय ४२  र एमालेको १४ हजार १ सय १८ मत प्राप्त गरेको थियो । भने प्रदेख ख मा गठबन्धनको २० हजार ८ सय ८७ हुदाँ एमालेको १६ हजार ४४ मत मात्र रहेको पाइएको छ ।

प्रदेश क को खिजीदेम्बा एमालेका स्थानिय तहका जानप्रतिनिधि शुन्य छ भने चिसंखुगढीमा १, सिनपामा २, मोलङ ५ वटा वडामा मात्र एमालेले जित हासिल गरेको छ भने गठबन्धनले खिजीदेम्बामा उपप्रमुख सहित ६ वटा चिसँखुगढीमा प्रमुख उपप्रमुख सहित ७ वटा नगरपालिकामा नगरप्रमुख सहित १० वटा वडा र मोलङका ३ वटा वडा अध्यक्ष जित हासिल गरेका पाइन्छ । प्रदेश ख तर्फ भने  चम्पादेवी र लिखुमा  उपप्रमुख सहित २र२ वटा, मानेभञ्ज्याङ २ वटा वडा र सुनकोशीमा ५ वटा वडा  जितेको छ ।  गठबन्धन दल मध्ये काग्रेसले ४ वटै गाउपालिका अध्यक्ष जितेको छ भने सुनकोशीमा ५, मानेभञ्ज्याङ ७, चम्पादेवी ७ र लिखुमा ७ वटा वडामा गठबन्धनले जितेको देखिन्छ ।
यो सगै एमाले ओखलढुंगामा बढारिने अबस्था पुगेको विश्लेशण गरिएको छ ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २१, २०७९ १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट