April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

‘घुसघुसे’ शैलीमा मेचीनगरका जनप्रतिनिधि एमालेको चुनावी प्रचारमा

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १८:४१
‘घुसघुसे’ शैलीमा मेचीनगरका जनप्रतिनिधि एमालेको चुनावी प्रचारमा

मेचीनगर । मेचीनगर नगरपालिकाका केही जनप्रतिनिधि चुनावी प्रचार कार्यक्रममा सहभागी भएको पाइएको छ । निर्वाचन आयोगले कुनै पनि चुनावी प्रचार प्रसारमा सहभागी हुन नपाइने व्यवस्था गरेको छ । सहभागी भएको पाइएमा कानुन बमोजिम कारवाही हुने व्यवस्था छ ।
तर, जनप्रतिनिधिहरु खुलेआम आफ्नो पार्टीलाई जिताउन भन्दै चुनावी प्रचारमा निस्किएका छन् । विशेषगरी नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आफ्ना उम्मेद्वारको पक्षमा भोट मागिरहेका छन् । मेचीनगर कार्यपालिका सदस्य चित्र धिमाल, कविता खनाल सार्की, वडा नं. ८ का वडा सदस्य विष्णु भट्टराई, वडा सदस्य मनकुमारी गिरीलगायतले निर्वाचन आचारसंहिता उल्लघंन गरेका हुन् ।
चुनावको मिति नजिकिँदै गर्दा एमाले निकट जनप्रतिनिधिले आचारसंहिताको धज्जी उडाएका मात्रै छैनन, आफ्नो उम्मेद्वारलाई जिताउन विभिन्न प्रलोभन र आश्वासन बाँडिरहेको बुझिएको छ । नगरका केही एमाले निकट कर्मचारीसमेत घरदैलोमा सहभागी भएका छन् । मेचीनगर–९ को एमाले पार्टीको घरदैलो कार्यक्रममा कर्मचारी सन्जय ढुंगाना स्वयम् सहभागी भएका थिए ।
(सबै प्रमाण सुरक्षित छन् )

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १८:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट