April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

उषा राई मृत्यु प्रकरण: आरोपित उर्मिलाको घर घेराउ

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १६, २०७९ २0:४३
उषा राई मृत्यु प्रकरण: आरोपित उर्मिलाको घर घेराउ

धरान / धरान १३ मा डेरा गरी बस्ने उषा राईलाई कुटपिट भएको एक महिनापछि मृत्यु भएको घटना चर्कँदै गएको छ । मृतकलाई न्याय दिनुपर्ने र कुटपिटमा संलग्नहरूलाई कारबाही हुनुपर्ने माग पक्राउ परेकी मुख्य आरोपित उर्मिलाको घर घेराउ घेराउ गर्दै महिलाहरूले नाराबाजी लगाएर घेराउ गरेका छन्।मृतकका छरछिमेक, आफन्तजन तथा विभिन्न वडाका महिलाहरू भेला भएर नाराबाजी गरिरहेका छन् । उनीहरूले जाहेरीमा उल्लेख भएका सबैलाई पक्राउ गर्नुपर्ने, मुख्य आरोपीको श्रीमान् गोविन्द राईलाई पनि नियन्त्रणमा ल्याउनुपर्ने माग गर्दै नारा लगाइरहेका छन् ।

उक्त घटनाको मुख्य आरोपी उर्मिला राई पक्राउ परिसकेकी छिन् । अन्य भने फरार छन् । आन्दोलनरत महिलाहरूको अडानको कारण मृतकको पोस्टमार्टम पनि हुन सकेको छैन । यता इलाका प्रहरी कार्यालय धरानमा पनि नाराबाजी चलिरहेको समयमा पक्राउ परेकी उर्मिलालाई म्याद थप गर्नु जिल्ला अदालत लाने समयमा उर्मिलाको हातमा हत्कडी नलगाएको र उर्मिलाले गाडिबाट हात लोपारेको भन्दै आन्दोलनकारिहरु उर्मिलाको घरमै पुगेर घर घेराउ गरेका हुन्। उर्मिला बस्ने घर वन कार्यालय धरान १३ मा नै रहेको छ । आन्दोलनकारीले ढुङ्गा हान्दा प्रहरीले सरकारी भवनमा ढुङ्गा प्रहार नगर्नु र तोडफोड नगर्नु आग्रह गरेको थियो।

विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ उषालाई पिलाएको र उनको स्वास्थ्यमा गम्भीर असर पुगेको परिवारजनले बताएका छन् । )मृतक उषा २ छोरीको साथ डेरामा बस्थिन् । उनको श्रीमान्को करिब २ बर्सअघि नै मृत्यु भइसकेको थियो । मृतक उषा कपडा सिलाएर घर खर्च जुटाइरहेकी एकल महिला हुन्।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १६, २०७९ २0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।