sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालका ६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट

  • साझा परिवेश
  • आइतवार, मंसिर २५, २०७९ 0९:१८
नेपालका ६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट

काठमाडौं। नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन्। पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन्।

पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरि पाँचै खेलाडी छनोट भए। महिलातर्फ नेपाल वरियता एककी नविता श्रेष्ठ मात्रै सफल भइन्। नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठ भने १६ वरियतामा पर्न असफल भए।

समूह चरणमा विजयीहुँदै संयोग, रुविन, बिनेश र नविता छनोट भइसकेका थिए। शनिबार भएको खेलमा पराजित भएपनि शिव र प्रदीप शीर्ष १६ वरियतामा स्थान बनाउँदै छनोट हुन सफल भएका छन् ।

अन्तिम खेलमा शिव पाकिस्तानका हसिव ख्वाजासँग सोझो सेटमा हार्न पुगे। आइतबार शिवले नवौं वरियताको लागि बंगलादेशका नाफिज इक्वालसँग प्रतिस्पर्धा गर्नेछन्। यसैगरी प्रदीप बंगलादेशका रामहिमलियान वानसँग ३–२ सेटमा पराजित भएपनि १६औं वरियतामा रहन सफल भए।

पुरुषतर्फ नेपालका पाँच खेलाडी छनोटहुँदा पाकिस्तानका चार, बंगलादेश, भारत र श्रीलंकाका दुई–दुई खेलाडी छनोट हुँदा माल्दिभ्सका एक खेलाडी छनोट भए। पुरुषतर्फ पाकिस्तानका हसिव खवाजा, मोहम्मद शाह खान, फहाद खवाज र फइजान जाहूर छनोट भए।

भारतका सनिल शंकर सेटी र हर्मित राजुल डेसाइ छनोट हुँदा श्रीलंकाका प्रसाद जयशंका डी सिल्भा र भुवनेका निर्मला बन्दरा जयासिंघे भएका छन्। यसैगरी बंगलादेशका रामहिमलिआन बाव र नाफिज इक्वाल तथा माल्दिभ्सका मूसा मुन्सिफ अमहेन छनोट भए।

महिलातर्फ शीर्ष वरियतामा भारत र श्रीलंकाका पाँच–पाँच खेलाडी छनोट हुँदा पाकिस्तान तीन र माल्दिभ्स, नेपाल र बंगलादेशका समान एक खेलाडी छनोट भएका छन्। भारतकी मनिका बट्रा, श्रीजा अकुला, रीथ रिस्या टेनिसन, अर्चना गिरिस कमाथ र दिया पाराङ चितल छनोट भए।

  • साझा परिवेश
  • आइतवार, मंसिर २५, २०७९ 0९:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid