May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

स्रोत नखुलेको २४ लाख रकमसहित एक भारतीय नागरिक पक्राउ

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २७, २०७९ १९:0७
स्रोत नखुलेको २४ लाख रकमसहित एक भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले धनुषाबाट स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका– ९, इटहर्वास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीका मधेस प्रदेश प्रमुख डीआईजी गाणेशबहादुर ठाडा मगरको विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको  २४ लाख १७ हजार नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनीं जिल्ला मंगपट्टी वडा नम्बर–१ मन्दिर, विशौल बस्ने २३ वर्षीय उमेशकुमार रहेको डीआईजी मगरले जानकारी दिए । मंगलबार बिहान ११ वजे इटहर्वास्थित सीमावर्ती क्षेत्रमा भारतबाट अवैध रुपमा प्रदेश २–०२–००५ प ५७९८ नम्बरको अपाचे मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई छिपाई राखेको २४ लाख १७ हजार रकम नेपाल ल्याउँदै गर्दा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका युवा र मोटरसाइकलसहित २६ लाख १७ हजार मूल्यबराबरका सामान आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले जनकपुरधामस्थित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवासले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २७, २०७९ १९:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।