May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

शपथ ग्रहणमा ओलीको पुरानै शैली

  • साझा परिवेश
  • बिहिबार, पुस ७, २०७९ १९:१५
शपथ ग्रहणमा ओलीको पुरानै शैली

काठमाडौं । नयाँ सांसदहरुमध्ये कोहीले ईश्वरको नाममा शपथ लिए, कोहीले जनताको नाममा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो’ भनेर संवेगात्मक शपथको व्यहोरामा हस्ताक्षर गरे । (रवीन्द्र मिश्रले जितेका भए ‘भ्रष्टाचारीलाई किरा परोस’ नै लेख्थे कि !)

सारा माननीयले शपथका व्यहोरामा आँखा लगाउँदा एमाले अध्यक्ष केपी ओली चाहिँ के गर्दै थिए ? उनलाई यो तस्वीरमा हेरौं न ।

सबै सांसदले हातमा शपथको व्यहोरा च्यापेर पढ्दा ओली खडेखडे उभिएका देखिन्छन् । रोचक के छ भने यो तस्वीर ओलीकै निकटस्थले चलाउने फेसबुक पेज ‘बालकोट’ मा उपलब्ध छ । त्यसमा ओली शपथको व्यहोरा नबोकी टुलुटुलु हेरिरहेका देखिन्छन् ।

ओलीलाई बाचा गराउन, शपथ खुवाउन त्यति सजिलो पनि कहाँ छ र ? पोहोर मंसिरमा एमालेको दशौं महाधिवेशनका बेला चितवनमा यस्तै भयो । त्यसमा भीम रावलको जमानत जफत सरह गराउने गरी अध्यक्ष चुनिएसँगै ओलीलाई शपथ खुवाउने जिम्मा आइलाग्यो निर्वाचन परिचालन कमिटी संयोजक विजय सुब्बालाई ।

पथको व्यहोरा बोकेर सुब्बा ‘म… ’ के बोल्दैथिए, ओलीले खरर्र सबै व्यहोरा एकै सासमा पढिभ्याए । सुब्बा हेरेको हेर्‍यै ।

तिनै ओलीलाई दोस्रोपल्ट प्रधानमन्त्री चुनिँदा राष्ट्रपति विद्या भण्डारीले ‘सत्य निष्ठापूर्वक प्रतीज्ञा गर्छु’ भन्दा तुरुन्त खारेज गरे, ‘त्यो पर्दैन ।’

ओली प्रथमतः एमालेका तर्फबाट जितेका प्रतिनिधिसभा सदस्य हुन् । उनी पाँच वर्षका लागि सार्वभौम जनताका प्रतिनिधिका रुपमा चुनिएका हुन् । उनको उत्तरदायित्व पनि जनताप्रति नै हुने हो ।

शपथलाई सामान्य औपचारिकतामात्रै पनि मान्न सकिएला । तर त्यो जनताप्रतिको निष्ठाको सूचक पनि हो ।

यसपालि पनि ओलीले ‘त्यो पर्दैन’ शैलीकै निरन्तरता देखाएका हुन् कि ? वा अरु केही ?

 

  • साझा परिवेश
  • बिहिबार, पुस ७, २०७९ १९:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।