sweet bonanza
February 3, 2026 | मङ्लबार, माघ २२, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

धोकाको राजनीति फस्टाउँदा सत्ताबाट चिप्लिए देउवा

  • साझा परिवेश
  • सोमवार, पुस ११, २०७९ 0८:४0
धोकाको राजनीति फस्टाउँदा सत्ताबाट चिप्लिए देउवा

काठमाडौं। नेपाली राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र त्यसमा एकले अर्कोलाई धोका दिएर सत्ता प्राप्त गर्ने र सत्ता गुम्ने खेलले विगत केही बर्षदेखि तीब्रता पाउँदै आएको छ।

सत्ता गठबन्धनमा आम चुनावमा विजयी भएर विपक्षी एमालेसँग नयाँ सत्ता गठबन्धन बनाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हर्कत यसको पछिल्लो उदाहरण हो।

यो कदमले शरीरले थेगुन्जेल मुलुकको सत्ताभोग गर्ने बृद्ध कांग्रेस नेता शेरबहादुर देउवाको सत्ता खोसिएको छ। यसका लागि जिम्मेवार को को छन् त? धोखाधडी को को बाट भयो ? अर्थात् धोकेबाजहरु को को हुन् ?

यी नेपाली राजनीतिका रमाइला प्रश्न हुन् र यिनको उत्तर खोज्दा मुलुकले अंगिकार गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्थाको पनि धज्जी उडेको छ।

सत्ता गुमेको झोंकमा देउवापक्षीय कांग्रेसहरु नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाज भएको आरोप लगाउन थालेका छन्। प्रचण्डले निर्वाचनताका कांग्रेसका नेता कार्यकर्तामात्र होइन समर्थक शुभेच्छुकहरु समेतलाई आश्वस्त पार्दै गठबन्धन अरु दश बीस बर्ष चल्ने बताएर भोट मागेका थिए।

एमाले अध्यक्ष ओलीमाथि गालीका बर्षा छरेर प्रचण्डले कांग्रेसी मन जितेका पनि थिए र नेकपामा बिलयपछि छुट्टिनुपर्दाको पीडादायी समयमा पनि कांग्रेसको साथ पाएर निरन्तर सात्ताको भाग र चुनावमा भोट पाए।

वास्तवमा भन्नुपर्दा कांग्रेस पार्टीका लागि भनेर हिजो आफूलाई मार्न आउने, खुट्टा भाचिदिने, तास कोच्याइदिने, आफन्तहरु मारिदिने क्रुर माओवादी र तिनका नेतालाई कांग्रेसजनले हसिया हथौडामा भोट हालेर प्रचण्ड र उनको पार्टीका १८ जनालाई संसदमा पुर्‍याएका थिए।

यो हिसावले प्रचण्ड कांग्रेसी नेता कार्यकता, समर्थक र शुभेच्छुकहरुका नजरमा अहिले ठूलो धोकेवाज हुन्। उनले आफूलाई प्रधानमन्त्री ओलीसँग साँठागाँठ गरेका छन्।

जुन राजनीतिक अडानका हिसावले अपवित्र छ, अवसरवादी छ, पदलोलुपतापूर्ण छ र उनको यो कदमभित्र निर्लज्जता पनि छ। तर, प्रचण्डमात्र निर्लज्ज धोकेवाज हुन् त ? अवश्य होइनन्।

ओलीलाई सत्ताबाट मुन्ट्याएर बालकोटको बार्दलीमा पुर्‍याउनेमा छिमेकी मुलुक भारतसहितको साथमा देउवा, प्रचण्ड र माधव नेपाल थिए। त्यसबेला नै बनेको गठबन्धनका बेला प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको सार्वजानिक भएको कुरा बाहिरिएको थियो।

स्वयं देउवाले पनि सो कुरा स्वीकारेका थिए। अहिले चुनावपछि प्रचण्डले सो सहमती कार्यान्वयनको दावी गरे। तर देउवाले सुन्नै चाहेनन् बरु राष्ट्रपति पद पनि कांग्रेसले नै लिने र प्रचण्डको भागमा उपराष्ट्रपति र सभामुख पद छुट्याइदिए।

पाँच बर्षलाई दुई कार्यकाल भाग लगाउदा दोस्रो कार्यकालका लागि पनि देउवाले लिखित प्रतिबद्धता जनाउन मानेनन्।  माओवादीका लागि यो देउवाले दिएको धोका थियो। यो धोकाको बदला प्रचण्डले देउवालाई सत्ताच्युत गरेर देखाइदिए र आफैं सत्तारोहण गर्न पुगे।

यदि देउवाले पार्टीभित्र युवा पुस्तालाई अघि सारेको भए राजनीति अर्कै लाइनमा पुग्न सक्थ्यो तर पार्टीभित्रको युवापुस्ता निराश बनेको अवस्था छ यतिबेला कांग्रेसभित्र र देउवा सत्ताच्युत हुनुपर्दा खुच्चिंग गरेर बसेको छ।

निर्वाचनका बेला लिएका भरुका बोराको मूल्य अब कसरी प्रचण्डले चुकाउने हुन् र भारतको विश्वास आर्जन गर्ने हुन्? वा यी सबैलाई चुनौती दिएर विगत विर्सिँदै मुलुकपक्षीय शासनमा उभिन प्रचण्डलाई सजिलो भने छैन। सत्ताका लागि हिन्दू राष्ट्र बनाउँछु भन्ने सम्मको सम्झौता गरेका उनका लागि अवका दिन सर्वत्र चित्त बुझाउनु पर्ने तनावपूर्ण दिन हुनेछन्।

यसअघि एमाले र माओवादी एकीकरणपछि भएको सत्ताको खेल पनि धोकापूर्ण नै छ। ओलीलाई प्रधानमन्त्री बनाइसकेपछि प्रचण्डले आधा कार्यकाल सपोर्ट गर्नुपथ्र्यो तर त्यसो नगरी उनले बीचबाटै ओलीलाई चिप्ल्याउन खोजेका थिए।

पार्टीको कार्यकारी अध्यक्ष पद हत्याए तैपनि सत्ता नभेटेपछि माधव नेपालको टेको लिएर उनले ओलीलाई पार्टीबाटै हटाइदिएका थिए। ओली चतुर भएकालेमात्र प्रचण्ड पूर्णरुपमा सफल हुन सकेनन् र केही क्षति व्यहोरेर पनि ओलीले एमालेलाई जोगाउन सके।

यहाँ पनि ओलीले प्रचण्डलाई सत्ता सुम्पने मनसाय कदापि देखिँदैनथ्यो तर दुईबर्ष पुग्न नपाउँदै प्रचण्डले झम्टिएका कारण ओली सतर्क बनेका थिए। प्रधानमन्त्री दिन्छु भनेको समय नआउँदै पार्टीभित्र रडाको भयो र यसलाई साम्य पार्न ओलीले प्रधानमन्त्री दिन्छु भन्न सकेनन्।

यहाँ दुबैले दुबैलाई धोका दिएका थिए। र, सबैभन्दा ठूलो धोका स्थिरता चाहने नेपालीलाई भएको थियो जसले अव सरकार फेरिइरहने किचकिच नहोस् र पाँचबर्षसम्म एउटा सरकारले काम गर्न सकोस् भनेर ओली र प्रचण्डलाई त्यसबेला लगभग दुईतिहाइको मत दिएर पठाएका थिए।

सत्ताको यो प्रकरण सबैभन्दा निरीह माधव नेपाल भएका छन् र उनी सबैतिरबाट धोका पाउनेमा परेका छन्। आफ्नो घरमा आगो लगाएर छिमेकीको ओत लाग्न पुग्दा उनी यतिबेला अकल्पनीयरुपमा भिजेका छन् निथ्रुक्कै।

साथ नछोड्ने बाचा गरेर पार्टी फुटाउन लगाउने प्रचण्ड र उनको लहैलहैमा लागेर ओलीलाई सत्ताबाट झारेकोमा गर्व गर्दै हिड्ने नेपाललाई अहिले प्रचण्डले चटक्कै छोडेर ओलीको बार्दलीमा हात मिलाउन पुगेका छन्।

यसरी माधव नेपाल र प्रचण्ड निस्कदा सरकारलाई यथावत चलाउन ओलीलाई बचन दिने देउवा थिए त्यो बेला । तर देउवा स्वयं प्रधानमन्त्री बनेर ओलीलाई धोका दिएका थिए। अहिले त्यस्को बदला नै लिएजस्तो गरी ओलीले देउवालाई धोका दिए।

शनिबार रातिसम्म पनि ओली माओवादीका प्रचण्डलाई समर्थन गर्नुको साटो देउवाकै एकलौटी सरकारलाई विश्वासको मत दिन तयार रहेको सन्देश देउवालाई पठाउँदै थिए।

राजा काटिएको, मारिएको, पारिवारभित्रकै कलहले राजपरिवारभित्रै एउटाले अर्कोलाई थुनेर शासन चलाएको इतिहास हाम्रो सत्ताले विरासतका रुपमा बोकेर आएको छ। यसबाट मुक्ति चाहने जनताले आधुनिक गणतन्त्रका नेताहरुबाट पनि पटक पटक धोका पाएका छन्। हुँदा हुँदा नेपालको राजनीतिमा नाँगो हस्तक्षेप गर्दै आएको भारतले पनि यसपटक नराम्रोसँग धोका खाएको छ सत्ता समीकरणको खेलमा।

शनिवार राति ओली निवास पुगेका महन्थ ठाकुरलाई ओलीले दिएको सन्देश यही थियो। यो सन्देशपछि भारत र देउवा माओवादीलाई भागबण्डामा कस्ने र सकेसम्म कम भाग दिनेमा पुगेका थिए। तर, ओलीले यी सबैलाई धोका दिए र हिजो आफूलाई धोका दिने देउवाका विरुद्ध अर्को धोकेवाज प्रचण्डलाई प्रधानमन्त्री बनाइदिए।

नेपालको सत्तामा धोका, हत्या र मारकाटको अवस्था इतिहासदेखिकै हो। राजा काटिएको, मारिएको, पारिवारभित्रकै कलहले राजपरिवारभित्रै एउटाले अर्कोलाई थुनेर शासन चलाएको इतिहास हाम्रो सत्ताले विरासतका रुपमा बोकेर आएको छ।

यसबाट मुक्ति चाहने जनताले आधुनिक गणतन्त्रका नेताहरुबाट पनि पटक पटक धोका पाएका छन्। हुँदा हुँदा नेपालको राजनीतिमा नाँगो हस्तक्षेप गर्दै आएको भारतले पनि यसपटक नराम्रोसँग धोका खाएको छ सत्ता समीकरणको खेलमा।

निर्वाचनका बेला लिएका भरुका बोराको मूल्य अब कसरी प्रचण्डले चुकाउने हुन् र भारतको विश्वास आर्जन गर्ने हुन्? वा यी सबैलाई चुनौती दिएर विगत विर्सिँदै मुलुकपक्षीय शासनमा उभिन प्रचण्डलाई सजिलो भने छैन। सत्ताका लागि हिन्दू राष्ट्र बनाउँछु भन्ने सम्मको सम्झौता गरेका उनका लागि अवका दिन सर्वत्र चित्त बुझाउनु पर्ने तनावपूर्ण दिन हुनेछन्।

www.dcnepal.com/

  • साझा परिवेश
  • सोमवार, पुस ११, २०७९ 0८:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid