May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

एकीकृत समाजवादीकाे पाेलिटब्युराे बैठक बस्दै, सरकारमा जाने/नजानेबारे निर्णय लिइने

  • साझा परिवेश
  • सोमवार, पुस १८, २०७९ 0८:५0
एकीकृत समाजवादीकाे पाेलिटब्युराे बैठक बस्दै, सरकारमा जाने/नजानेबारे निर्णय लिइने

काठमाडौँ- नेकपा एकीकृत समाजवादीकाे पोलिटब्यूरो बैठक साेमबार बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्दैछ।

शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकपछि एकीकृत समाजवादीले आज पोलिटब्यूरो बैठक बोलाइएको हो।

स्थायी कमिटीमा सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे दुई धार देखिएपछि बृहत् छलफल गरेर निर्णय लिन पोलिटब्यूरो बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्नेलगायतका विषयमा छलफल गर्न एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको थियो।

बैठकमा अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए।

प्रचण्डले पाँचदलीय सत्ता गठबन्धन टुटाएपछि एकीकृत समाजवादी अलमल अवस्थामा छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रचण्डले धाेका दिएकाे बताएका थिए।

  • साझा परिवेश
  • सोमवार, पुस १८, २०७९ 0८:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।