April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज

बढी धूँवा फाल्ने १० सवारी साधनमाथि कारबाहीमा ‍

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ 0९:४0
बढी धूँवा फाल्ने १० सवारी साधनमाथि कारबाहीमा ‍

काठमाडौँको किर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नराखी सवारी साधन चलाउने ३० वटा सवारी साधनका चाकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका ‍ ३० वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमाटाको कमाण्डमा आज दिउँसो खटिएको ट्राफिक प्रहरीको टोलीले किर्तिपुर क्षेत्रमा १ सय भन्दा बढी सवारी साधन चेकजाँच गरेको थियो ।

त्यस्तै ललितपुरको सातदोबाटोमा आजै गरिएको विशेष चेकिङकै क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने १० वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सातदोबाटोमा ३४ ओटा सवारी साधनलाई चेक गर्दा १० ओटा कारवाहीमा परेका हुन् । सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले कारबाहीका क्रममा लिएका कागजपत्र फिर्ता दिइने छ ।

मापदण्डभन्दा बढी धूँवा फाल्ने तथा अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्नको लागी कारबाही अभियानलाई तिब्रता दिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए ।

साथै अनावश्‍यक रुपमा हर्न बजाएर ध्वनी प्रदुषण गर्ने ४२ जना चालकलाई पनि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आजै कारवाही गरेको छ । पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारवाहीलाई थप तिव्रता दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

२०७४ वैशाख १ गते देखि काठमाडौँ उपत्यकामा हर्न निषेध गरिएको थियो ।

  • साझा परिवेश
  • शनिबार, पुस ३०, २०७९ 0९:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट