May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

हरिनगर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ १९:३२
हरिनगर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास


माघ २० गते,इनरुवा ।हरिनगर गाउँपालिका प्रशासकीय भवनको शिलान्यास गरिएकाे छ ।
शुक्रबार हरिनगर गाउँपालिका वडा नं-४ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुरर कार्कीले उक्त भवगनकाे शिलान्यास गरेका हुन् ।

गाउँपालिकाकाे भवन आठ करोड १९ लाख २८ हजार तीन सय दुई रुपैंया ५९ पैसाको लागतमा ड्रागन रविन एण्ड श्रेया जेभी कोटेश्वरले निर्माणको ठेक्का पाएको छ । सो कार्यालय भवन आगामी ३० महिनामा सम्पन्न गरिने उल्लेख गरिएको छ ।

भवनको शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले समय अगावै उक्त भवनकाे निर्माण कार्य सकिनेमा आफू ढुक्क रहेको बताए । हरिनगरमा आफूले धेरै विकासका योजना ल्याएको तथा कतिपय कार्यान्वयनको चरणमै रहेको उनले बताए । कार्कीले नागरिकका हरेक समस्यामा केन्द्रित रहेर आगामी ५ वर्षको कार्यकाल पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारी,नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे लगायत सुरक्षा निकायका प्रमुख तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ १९:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।