May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

उद्योग वाणिज्य संघ इनरुवाको चुनावमा कस्ले मार्लात बाजि ?

  • साझा परिवेश
  • शुक्रबार, माघ २७, २०७९ १८:२३
उद्योग वाणिज्य संघ इनरुवाको चुनावमा कस्ले मार्लात बाजि ?

गनेश कुमार यादव
माघ २७ गते इनरुवा । उद्योग वाणिज्य संघ इनरुवाको नयाँ कार्यसमिती चयनको लागि हुने निर्वाचनमा तिनवटा प्यानलबाट चुनावी मैदानमा व्यवसायीहरु उत्रिएका छन ।
माघ २८ गते शनिवार हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदमा उद्योग वाणिज्य संघ इनरुवाका वर्तमान अध्यक्ष विरेन्द्र साह , समाजसेवी केदार ओझा र हार्डवेयर व्यवसायी पहलबहादुर कटुवाल अहिले चुनावी अभियानमा उत्रिएको हुन ।
विरेन्द्र साह नेतृत्वको प्यानलमा कार्यसमितीको उपाध्यक्षमा बद्री स्वर्णकार, सचिवमा मनोज जैन, सहसचिवमा गौतम झा र कोषाध्यक्षमा उमेशकुमार गुप्ताले रहेको छ । कार्यसमितीको महिला सदस्यमा रितादेवी साह र लक्ष्मी पाठक, खुल्ला सदस्यतर्फ अमरेन्द्रकुमार मेहता, मनोज शर्मा, शिवकुमार यादव, सिताराम चौधरी, रमेश साह, कपलेश्वर यादव, सत्यनारायण साह, फिरोज आलम साहको नेतृत्वको प्यानलमा रहेको छ ।
त्यसैगरि केदार ओझा नेतृत्वको प्यानलमा उपाध्यक्षमा गिरीराज अटल, सचिवमा सुरेन्द्र साह, सहसचिवमा रियाज आलम र कोषाध्यक्षमा रामकुमार मेहता रहेका छन भने कार्यसमितीमा महिला सदस्यतर्फ टिका न्यौपाने र अञ्जनाकुमारी साहल, कार्यसमितीको खुल्ला सदस्यमा हरी निरौला, बुधनारायण मेहता(बुधसागर), किरण श्रेष्ठ, मनोज मेहता, राजन साह, ओमप्रकाश बस्नेत, दिगम्बर स्वर्णकार, अजयकुमार सिहल रहेका छन ।


त्यसैगरिनै पहलबहादु कटुवाल नेतृत्वको प्यानलमा उपाध्यक्षमा मोहम्मद कासिम मियाँ, सहसचिवमा त्रिलोकचन्द्र गुप्ता,कार्यसमितीको महिला सदस्यमा निरा पोखरेल, कार्यसमितीको सदस्यमा जिवराज दाहाल, प्रितम अटल, रसिद अन्सारी, प्रविण श्रेष्ठ, आशिषकुमार बोथरा, बिक्रमकुमार पोद्धार, अनिलकुमार स्वर्णकार र सरफराज रहेका छन ।
तिनवटै प्यानलका उम्मेदवारहरु अहिले बजार तथा गाउँमा रहेका व्यापारीहरुको घरदैलो तथा पसलहरुमा आफ्नो नेतृत्वको प्यानललाई विजय बनाउन मत माग्न व्यस्त छन्।

हाल कहिले व्यापारीका पिर मार्का नबुझेकाहरु पनि अहिले भने व्यापारिहरुको हकहितको लागि आफुहरु लागि परेको आफ्नो नेतृत्वको टिमलाई यश पटक केही नयाँ जोस जागरका साथ आएकालाई अगाडि बढाउन अनुरोध समेत गरिरहेका छन् ।
अहिले तिनवटै प्यानलका टिमहरुले व्यापारीहरुलाई विभिन्न चुनावि एजेन्डा देखाएर मत माग्न ब्यस्त बनेका छन् । कसैले वर्तमान अध्यक्ष सहितको टिमले व्यापारीहरूको हितमा कुनै काम गर्न नसकेको भन्दै विभिन्न टिकाटिप्पणी गरि आफुतिर रिझाउन पनि कुनै कसर छोडेको छैन ।
उम्मेदवारहरुको टिम पार्टीगत भएको सर्वत्र चर्चा भैरहेको छ । व्यापारीहरुले आफ्नो समस्या समाधान गर्नु भन्दा भढी आफ्नो पार्टीको समस्या समाधान गर्नेछन् कि? चन्ने प्रश्नहरु खडा गर्न थालेका छन् । उम्मेदवारुको लागि यो चुनाव एउटा उत्सव बनेको छ भने मतदाता व्यापारीहरुको अनुहारमा खासै उत्साह देखिदैन ।
इनरुवा उद्योग वाणिज्य संघको चुनावमा पार्टीका पदाधिकारीले उम्मेदवारी दिनेकी विशुद्ध व्यापारीले दिने भन्ने प्रश्न ले व्यवसायीहरु अन्यौलमा परेका छन ।

 

  • साझा परिवेश
  • शुक्रबार, माघ २७, २०७९ १८:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट