May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

झापामा भुस्सिया कुकुरको आतंक, रेबिज लागेर एक जनाको मृत्यु

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १, २०७९ 0९:४0
झापामा भुस्सिया कुकुरको आतंक, रेबिज लागेर एक जनाको मृत्यु

झापाको कनकाई नगरपालिका-२ सुकेडाँगीमा भुस्सिया कुकुरको टोकाइबाट एक जना वृद्धको मृत्यु भएको छ । सडक कुकुरको टोकाइबाट स्थानीय ६३ वर्षीय अभिचन्द्र दाहालको मृत्यु भएको हो । दाहालको गत मङ्सिर अन्तिम सातामा कुकुरले टोकेर घाइते बनाएको थियो । सामान्य घाइते बनेका दाहालले घरेलु उपचार गरी घरमै रहेका थिए ।

पछिल्लो समय दाहाल पानी देखेपछि डराउने गर्न थालेपछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको स्थानीयको भनाई छ । उपचारमा लैजाँदा अस्पतालले रेबिज भएको बताएको उपचारपछि घरमा रहेको बेला आइतबार आज दिउसो १ बजे दाहालको निजी निवासमा मृत्यु भएको हो ।

यता कनकाई नगरपालिका क्षेत्रमा सामुदायिक कुकुरले बाटो हिडने बटुवा तथा पाल्तु जनावरलाई टोकेर हैरानी दिने गरेको स्थानीय गणेश सुवेदीले बताए । कनकाई नगरपालिकाको ३,४,५,६ र २ नम्बर वार्डमा छाडा छोडिएका सामुदायिक कुकुरले बाटो हिडने बटुवा र कृषकका पालेका जनावरलाई टोकेर घाइते बनाउने र हैरानी दिने गरेको पाइएको छ ।

यता यसबारेमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाले सामुदायिक कुकुरलाई सोझै मार्न नपाइने कानुनी प्रावधान रहेको बताए । सामुदायिक कुकुर नियन्त्रणका लागि हरेक वर्ष नगरपालिकाले विभिन्न सङ्घसंस्थाको सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेबिजको भ्याक्सिन लगाउने काम गरिरहेको जानकारी दिए । सामुदायिक कुकुर नियन्त्रणका लागि स्थानीय सङ्घ संस्थाको समन्वयमा कार्यक्रमहरू सञ्चालनको तयारी नगरपालिकाले थालेको समेत नगरप्रमुख पोखरेलले बताए ।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन १, २०७९ 0९:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।