April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

मोरङमा बोरामा महिलाको शव भेटियो

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ८, २०७९ १५:५४
मोरङमा बोरामा महिलाको शव भेटियो

मोरङ – मोरङको बुढीगंगा गाउँपालिकामा एक महिलाको शव गाई गोठमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुढीगंगा गाँउपालिका–२ अमाहीस्थित स्थानीय नरसिंह चौधरीको गाई गोठमा २८ वर्षीया प्रियंका सुनारको शव बोरामा बाँधेर राखिएको अवस्थामा फेला परेको हो।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले विराटनगर महानगरपालिका–१९ की बासिन्दा सुनारको शव सोमबार दिउँसो फेला परेको हो। प्लाष्टिकको बोरामा गुन्टो पारेर शव फालिएको अवस्थामा फेला परेको बताएका मोरङ प्रहरी प्रवक्ता कार्कीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको जानकारी दिए।

सुनारको हत्या गरी फालिएको हुनसक्ने कार्कीले बताए। उनका अनुसार शवमा चोट देखिएको छ। शव फेला परेसँगै प्रहरीले अनुसन्धानका क्रममा कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर–१९ का २९ वर्षीय रमेश साहलाई पक्राउ गरेको कार्कीले जानकारी दिए।

घटनामा संलग्न भए नभएकोबारे अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरिएको कार्कीले बताए। हाल शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको जानकारी दिए।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन ८, २०७९ १५:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।