September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

https://sajhaparibesh.com/2023/02/25/36645/

  • साझा परिवेश
  • शनिबार, फाल्गुन १३, २०७९ 0८:५८
https://sajhaparibesh.com/2023/02/25/36645/

आगलागी घटनामा परी पाँचथरको हिलिहाङ गाउँपालिका– ७ भारपामा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शरण पन्धाकका ५ वर्षीय छोरा सेसेहाङ पन्धाक र सन्तोष खातीका ४ वर्षीय छोरा निशान खाती छन् । हिलिहाङ ७ यवाडाँडाका प्रेम पन्धाकको घरमा शुक्रबार दिउँसो २ बजे भएको आगलागीमा उनीहरूको ज्यान गएको हो । मृत्यु भएका खाती सोही घरमा बस्दै आएका थिए । छिमेकी शरण पन्धाकका छोरा सेसेहाङको उनीसँग खेल्ने क्रममा आगलागीमा परी मृत्यु भएको हो ।

दिउँसो अभिभावक दाउरा खोज्न जंगल गएका बखत दुई बालक मात्रै रहेको बेलामा घरमा आगो लागेको बताइएको छ । यद्यपि आगो के कसरी लाग्यो खुल्न नसकेको घटनास्थलमै रहेका वडाध्यक्ष धनकुमार लिम्बूले बताए । आगोले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । उनीहरूको शव घरको माथिल्लो तलामा जलेर चिन्नै नसक्ने अवस्थामा भेटिएको पनि वडाध्यक्ष लिम्बूको भनाइ छ ।

घटनाबारे जानकारी पाए लगत्तै पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र प्रहरी नायव उपरीक्षक हरि खतिवडा घटनास्थल पुगेका छन् ।

  • साझा परिवेश
  • शनिबार, फाल्गुन १३, २०७९ 0८:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्