April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

जापानका युटुबर सांसद पदबाट निष्कासित

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १0:५१
जापानका युटुबर सांसद पदबाट निष्कासित

टोकियो 

युटुबरबाट सांसद बनेका जापानका एकजना सांसदलाई संसद्मा प्रवेश गर्नै नपाई निष्कासन गरिएको छ। यसरी निष्कासनमा पर्ने उनी जापानको पहिलो सांसद बनेका छन्।

योशिकाजु हिगाशितानीलाई सिनेटका उनका सहकर्मीहरूले काममा नआएको भन्दै मङ्गलबार निष्कासन गरेका हुन्। सात महिनाअघि सांसदमा निर्वाचित भएदेखि उनी एक दिन पनि संसद्को बैठकमा गएका थिएनन्।

लगातार अनुपस्थित भएका कारण संसदको अनुशासन समितिले उनको संसद् सदस्यको हैसियत खोसेको हो। मतदाताले हिगाशितानीलाई गत जुलाईमा माथिल्लो सदनको सदस्यका रूपमा निर्वाचित गरेका थिए।

उनी यूट्यूबमा गासीको रूपमा परिचित छन्। उनी त्यहाँ सेलिब्रिटी गसिपबारे भिडिओहरू बनाउँछन्। जापानमा निष्कासन एक जना सांसदले पाउन सक्ने सबैभन्दा कठोर सजाय हो।

सन् १९५० यता दुई पटक मात्रै यस्तो भएको छ र लगातार अनुपस्थित भएका कारण सांसद निष्कासन भएको यो पहिलो पटक हो। संसद्ले यसै साताको अन्त्यमा निष्कासन सम्बन्धी निर्णयलाई औपचारिकता दिनेछ।

’नो–शो एमपी’ उपनाम दिइएका ती सांसद संयुक्त अरब इमिरेट्समा बसोबास गरिहेको विश्वास गरिन्छ। उनले हालसम्म संसद्मा उपस्थित हुन अस्वीकार गरेका छन् किनभने उनीमाथि ठगीको आरोप लागेकाले उनलाई पक्राउ परिने डर छ।

त्यस्तै उनमा सेलिब्रिटीहरूले मानहानीको मुद्दा लगाउनसक्ने डर पनि रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

उनी सेईजीका–जोशी–४८ नामको विपक्षी दलबाट निर्वाचित दुईजना सदस्यमध्ये एक हुन्। उक्त दलले एकल मुद्दा बोकेर हिँडेको छ र उसले जापानको सार्वजनिक प्रसारणकर्ता एनएचकेको सुधारका लागि आह्वान गर्ने गर्छ। पहिले उक्त दललाई एनएचके पार्टी भनेर चिनिन्थ्यो।

उक्त पार्टीले प्रचारप्रसारका लागि नियमित नाम परिवर्तन गर्ने गरेको आसाही शिम्बुन पत्रिकाले जनाएको छ।

अन्तिम मौका गुमाए

गत साता संसदले हिगाशितानीलाई टोकियोमा आफ्नो अनुपस्थितिको लागि संसद्समक्ष माफी माग्न आग्रह गरेको थियो। ​​​​​​​सांसदहरूले यो उनका लागि अन्तिम मौका हुने बताएका थिए। तर हिगाशितानी संसद्को त्यो पूर्ण सत्रमा देखा पर्न सकेनन्।

त्यसको साटो उनले आफ्नो युट्युब च्यानलमा आफू टर्की जाँदै गरेको र आफ्नो तलब टर्कीका भूकम्प पीडितलाई राहतमा प्रदान गर्ने योजना बनाइरहेको घोषणा गरे। उनको अनुपस्थितिले सिनेट आक्रोशित भयो र सिनेट सदस्यहरूले उनको निष्कासनको पक्षमा मतदान गरे।

उनको दलका एकमात्र उनका सहकर्मी हमादा सातोशीले संसद् सत्रमा अनुपस्थित भएका कारण हिगाशितानीलाई निष्कासन गर्नु गैरकानुनी भएको तर्क गरेका थिए।

तर समितिले सर्वसम्मतिले उनलाई निष्कासन गर्ने निर्णय गर्यो।

  • साझा परिवेश
  • बुधबार, चैत्र १, २०७९ १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट