चैत २ गते,काठमाडौं । सरकारले मलमा अनुदान कटौती गरेकोमा जनमत पार्टीले विरोध गरेको छ।
जनमत पार्ठीका अध्यक्ष सिके राउतले विज्ञप्ति निकालेर किसानहरूको हितमा माग सम्बोधन नभए पार्टी आन्दोलनमा उत्रिन बाध्य हुने उल्लेख गरेका छन् ।
सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान फागुन २४ गते कटौती गरेको थियो । ७०.८२ प्रतिशत अनुदान दिँदै आएकोमा कटौती गरी ५९.०४ मा झारेपछि विरोध भइरहेको छ।
‘किसानले प्रतिकिलो युरियामा ११, डिएपीमा ७ र पोटासमा ९ थप मूल्यभार व्यहोर्नुपर्ने भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जनताको हितमा काम गर्नुपर्ने र उत्पादनमुखी काममा बजेट बढाउनुपर्नेमा उल्टो समग्र अनुदान ११।८ प्रतिशतले घटाउने निर्णय गर्नु सरकारले गरिब किसानहरूको वेवास्ता गरेको देखिन्छ।’