May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

राष्ट्रपति कार्यालयको ट्वीटर ह्याण्डल विद्या भण्डारीले निजी बनाइन्

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १0:२८
राष्ट्रपति कार्यालयको ट्वीटर ह्याण्डल विद्या भण्डारीले निजी बनाइन्

काठमाडौं

राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी बनाएकी छन् ।

हालका राष्ट्रपति रामचन्द्र पौडेलले भने व्यक्तिगत ट्वीटर ह्याण्डल चलाउँदै आएका छन् ।
भण्डारी शितल निवासबाट बाहिरिँदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल २उचभकष्मभलतयाल्ए लाई २द्यष्मथबम्द्यजबलमबचष् मा रुपान्तरण गरिएको छ । ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ ।

राष्ट्रपति पौडेलको सचिवालय स्रोतले भन्यो, ‘राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर अकाउन्ट हामीलाई हस्तान्तरण भइसकेको छैन ।’
राष्ट्रपतिमा रामचन्द्र पौडेल २५ गते निर्वाचित भएका थिए । २९ फागुनमा उनले शपथग्रहण गरेका थिए । सोही दिन पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाडेकी थिइन् ।

२५ हजार फलोअर्स भएको ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी नेपाली क्रिकेट टीमलाई बधाई दिएकी छन् ।

राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीको आलोचना भएको छ । डा. रामेश कोइरालाले विद्या भण्डारीलाई मेन्सन गर्दै लेखेका छन्, ‘आदरणीय पूर्वराष्ट्रपति जी, म नेपालको राष्ट्रपतिको अफिसियल अकाउन्टभन्दा ६ गुणा धेर फलोअर भएको यो मेरो अकाउन्ट यहाँलाई दान दिन चाहन्छु । एउटै सर्त चैँ तपाईँले पेवा बनाएको अकाउन्ट राष्ट्रपतिलाई हस्तान्तरण गर्नु रहेको छ । मञ्जुर भए डिएम वा फोन गर्नु होला ।’

यसअघि पूर्व सभामुख ओनसरी घर्तीले सभामुखको औपचारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि आलोचना भएको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले भने आफ्नो ट्वीटर ह्याण्डल संशोधन गरेका छन् । यसअघि कांग्रेस नेता हुँदासम्म एनसी पौडेल नेपाल ट्वीटर ह्याण्डल रहेकोमा राष्ट्रपति निर्वाचित भएपछि त्यसलाई संशोधन गरी आरसी पौडेल नेपाल लेखिएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।