May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द प्रधानमन्त्री दाहालले चौथो पटक सोमबार विश्वासको मत लिने काठमाडौं उपत्यकामा तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने वैवाहिक बलात्कारको मुद्दा लागेका रवि ओड धरौटीमा रिहा फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा

बिपिडब्लु लघुवित्तको आइपिओ बाँडफाँट

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १२:५९
बिपिडब्लु लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८ हजार ९५ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपिओका लागि कुल १४ लाख ५९ हजार ७८४ जना आवेदकले आवेदन दिएकोमा १ हजार ५०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिनुभयो ।

उक्त कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९५० कित्ता आइपिओ बिक्री गरेको थियो ।

कम्पनीले जारी पुँजी ३ करोड रुपैयाँको ३२।३३ प्रतिशतले हुने ९७ हजार कित्ता सेयरमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरिसकेको थियो।

त्यस्तै, १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई वितरण गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट