May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

सरकारको विकासको ‘मोडेल’ : खानलाई पानी र हिँड्न बाटो छैन, नाच्नलाई घर !

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १६:३४
सरकारको विकासको ‘मोडेल’ : खानलाई पानी र हिँड्न बाटो छैन, नाच्नलाई घर !

 

दाङ । रातो जस्तापाताको छानो, सेतो पेन्टले पोतेको ठूलो नाचघरसँग सटेको छ रातो कमेरोले लिपेको सानो टिनको छाप्रो । हावाहुरीले नउडाओेस् भनि छानो ढुङ्गा र बासले दाबिएको छ । आकाशे पानीले भित्ता र पेटी फतक्क भिजाएको छ । भित्ताको रातो कमेरोको रङ उडेको छ । त्यही रङ उडेको भित्ता, टिनले छोपेको दुई कोठे छाप्रोमा बस्छन् घोराही उपमहानगरपालिका–१८, घोरदौराका ७२ वर्षीय टेकबहादुर पुन मगर र उनका दुई नातिनी ।

टेकबहादुर राम्रोसँग हिँड्डुल गर्नमात्रै होइन, आँखासमेत देख्दैनन् । एक प्रकारले भन्ने हो भने टेकबहादुरको अवस्था जस्तो छ, उनको घरको अवस्था पनि उस्तै छ ।

घर खर्चका लागि उनका छोराबुहारी भारत पसेका छन् । घरमा बेसाहा गरेर खानुपर्ने बाध्यता छ । बेसाहा गर्न उनलाई त्यो अवस्थामा पनि घोराही बजार नझरी सुख छैन । यतिले मात्र कहाँ सुख पाउँछन् र उनले रु बेसाहा अनाजलाई पकाउने पानी लिन दुई घण्टा टाढा पुग्नुपर्छ ।उनले भने, ‘सरकारले घरछेउ नाचघर बनाएको छ तर त्यो भन्दा त गाउँमा राम्रो बाटो र घरघरमा खानेपानीको धारा ल्याइदिएको भए हामीजस्तालाई धन्य हुने थियो नि १’

तर सरकारले बाटोघाटो, खानेपानी, विद्युत सेवाको विकास गरी दुर्गम पहाडी गाउँलेलाई सुख दिन्छ कि भन्ने आशामा बसेका बेला गाउँको पीडा र अभाव एकातिर, सरकारको विकासको योजना अर्कातिर हँुदा आफूहरुजस्ताले विकासको महसुस गर्न नपाएको उनले बताए । उनले थपे, ‘हिँड्ने राम्रो बाटो छैन, एक गाग्री पानी लिन दुई घण्टा टाढा जानु पर्छ ।’

घोरदौरामा ८४ घरधुरीको बसोवास छ, जहाँ खानेपानीका ६ वटा सार्वजानिक धारा छन् । त्यो धारामा पनि कहिले पानी आउँछ, कहिले आउँदैन । जसका कारण गाउँवासीले खानेपानीको अभाव झेल्नु परेको छ ।

उनले थपे, ‘विकासको नाममा यहाँ नाचघर बन्यो, नाचघरले हाम्रो पीडा र अभाव कहाँ मेटाउन सक्छ र ?’

सरकारले नाचघर निर्माणका लागि १ करोड ६ लाख ४७ हजार रुपैयाँ खर्च गरिसकेको छ । यो रकम खानेपानी र सडकमा सरकारले लगानी गरेको भए घोरदौरावासीको दुःख र कष्टमा धेरथोर भए पनि मलम लगाउन सक्ने उनको भनाइ छ । तर सरकारले घौरदौरावासीको पीडा एकातिर, विकासको योजना अर्कातिर हुँदा आफूहरुलाई जस्ताको तस्तै बनाएको उनले बताए ।

सधैँको चुनावी नारा– बाटो र पानी

घोरदौरावासीका लागि खानेपानी र सडकको समस्या पुरानै हो । गाउँमा खानेपानीको धारा र कालोपत्रे बाटो आउँछ भन्ने आश्वासन पनि उनीहरुका लागि नयाँ होइन ।

खानेपानी र सडक पूर्वाधार योजना अभावमा कष्टकर जीवन बिताइरहेको घौरदौरावासीको लागि सधैँको चुनावी नारा नै खानेपानी र सडक हो । तर अझै पूरा नहुँदा उनीहरु निराश बनेका छन् । घोरदौरामा खानेपानी सडक पु¥याउने चुनावी नारो २०५४ सालदेखि निरन्तर सुनिएको छ । तर कार्यान्वयनमा त्यसले अझै सार्थकता नपाएको ४६ वर्षीय स्थानीय कमल थापा मगरले बताए ।

उनले भने, ‘नाचघर बनाउनुभन्दा खानेपानी ट्याङ्की बनाएको भए हुन्थ्यो । त्यो नभए पनि बाटो बनाएको भए हुन्थ्यो । यो दुर्गममा सरकारले नाचघर बनायो तर हामीलाई त्यसले विकासको अनुभूति दिन सकेन ।’

घोराही बजारबाट करिब ५ किलोमिटर उत्तरी पहाडी क्षेत्रमा अवस्थित घोरदौरा पर्यटकीय क्षेत्रको विकास लागि सरकारले नाचघर निर्माण गरे पनि खानेपानी, सडक पूर्वाधार र बिजुली विस्तार अभावका कारण गाउँको मुहार फेरिन सकेको छैन ।

घोरदौरा क्षेत्रको विकास लागि सरकारले निर्माण गरेको नाचघर पनि निर्माणाधीन अवस्थामा अलपत्र छ ।

‘हाम्रा लागि नाचघर निल्नु न ओकल्नु भो’

घौरदौरामा प्रदेशस्तरकै सांस्कृतिक डबली केन्द्र ९नाचघर० बनाइएको छ । त्यो नाचघरले घोरदौरावासीलाई विकासको महसुस गराउन सकेको छैन । थापाले भने, ‘के विकास दियो सरकारले हामीलाई रु पानी र बाटो भन्दै नेतादेखि सरकारसम्म वर्षौं धायौं । अन्तिममा न पानी दियो, न बाटो आयो । यो निल्नु न ओकल्नुको नाचघर दियो ।’

नाचघर तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको ‘ड्रिम प्रोजेक्ट’ मानिन्छ । सडक, खानेपानी अभावका कारण बालबालिकाले विद्यालय छोड्नुपर्ने अवस्था भएको क्षेत्रमा सरकारले स्थानीयवासीका लागि पहिलो आवश्यकता के हो भन्ने नबुझेर नै ‘आवश्यकता एकातिर, काम अर्कोतिर’ गरेको स्थानीयवासी बताउँछन् ।

थापा भन्छन्, ‘छोराछोरी बिहान पानी लिन जान्छन्, फर्किन अबेर भए स्कूल जान पाउँदैनन्, पानी परे बाटो हिलाम्ये हुँदा स्कूल जान पाउँदैनन् । तल घोराही बजारको उज्यालो हेरेर अँध्यारो रात बिताउनु पर्छ । के हाम्रा लागि विकास यही हो ?’

सरकारले नागरिकमुखी भन्दा कार्यकर्तामुखी योजना निर्माण गर्दा विकासको अभावमा गाउँ अझै पछाडि परिरहेको उनले सुनाए ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १६:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।