sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विद्यार्थीलाई महिनौं यौन शोषण गरेको अभियोगमा जेल गए शिक्षक

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १३:0४
विद्यार्थीलाई महिनौं यौन शोषण गरेको अभियोगमा जेल गए शिक्षक

चितवन । आफ्नै विद्यार्थीलाई महिनौंदेखि यौन शोषण गरेको अभियोगमा एक जना शिक्षक पुर्पक्षका लागि कारागार पुगेका छन्।

चितवनको भरतपुरकी १५ वर्षकी बालिकालाई ८ महिनादेखि लगातार यौन शोषण गरेको अभियोगमा शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो। भरतपुर महानगरपालिका–१२ घर भएका शिक्षक क्षेत्रीले नर्सिङको तयारी कक्षा पढाएको विद्यार्थीलाई यौन शोषण गरेको जाहेरी परेको थियो। १४ वर्षको उमेरमा नर्सिङको तयारी कक्षा पढ्न गएकी बालिका शिक्षकले करिब ८ महिनासम्म आफूलाई धम्काएर यौन शोषण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन्।

चितवन जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले क्षेत्रीलाई प्रमाणका आधारमा पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको हो। उनलाई सोमबार नै जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

गत माघदेखि काभ्रेको भुम्लु गाउँपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा माध्यमिक स्थायी दरबन्दीमा विज्ञान विषय पढाउन गएका क्षेत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

यौन शोषणमा परेकी पीडित बालिकाले गत फागुन ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा एक्लै गएर आफूमाथि भएको पटक(पटकको यौन यातनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि मात्रै उनको परिवारले समेत छोरीमाथि भएको यौन यातनाबारे जानकारी पाएका थिए।

बालिकाले जाहेरीमा शिक्षक क्षेत्रीले १४ वर्षको उमेरदेखि यौन शोषण गर्दै आएका जाहेरीमा उल्लेख गरेकी छन्। उनी गत मंसिर १४ गतेदेखि १५ वर्ष लागेकी छन्। भरतपुर(१२ घर भए पनि भरतपुर(१० मा डेरा लिएर शिक्षक क्षेत्रीले यौन शोषण गर्दै आएको उनले बताइन्। शिक्षकले पटक(पटक आफूमाथि बलात्कार गरेको बालिकाले जाहेरीमा उल्लेख गरेकी छन्।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid