sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

संकटमा अर्थतन्त्र : के भन्छन् अर्थविद् ?

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १२:४८
संकटमा अर्थतन्त्र : के भन्छन् अर्थविद् ?
  • गणेशमान बसेल

काठमाडौं । पछिल्लो समय उद्योगी–व्यवसायीहरू बैंक तथा वित्तिय संस्थाले ब्याजदर घटाउनु पर्ने माग राख्दै सडक आन्दोलन चर्काइरहेका छन् ।

केही समूहले त बैंक तथा वित्तीय संस्थामाथि धम्कीपूर्ण अभिव्यक्ति दिँदै अराजक व्यवहार गर्ने गरेको देखिन्छ । त्यसैले पनि बैंक तथा वित्तिय संस्थाहरुले सरकारसँग सुरक्षाको माग गरिरहेका छन् ।

यता, बैंक तथा वित्तिय संस्थाको खराब कर्जा बढिरहेको छ । यसले नेपालको अर्थतन्त्रमा संकटको बालद मडारिएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आथिक वर्षको पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा ४ दशमलव ६८ प्रतिशत अर्थात् १८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने बैंकहरूको निष्क्रिय ऋण ११६ प्रतिशतले बढेर ९७ अर्ब ९६ करोड पुगेको छ । यसले नेपालमा आवश्यक मात्रामा आर्थिक गतिविधिहरु संचालन हुन नसकेको प्रष्ट देखाउँछ ।

विश्वव्यापी कोभिड महामरीको असर, रुस युृक्रेन युद्धले निम्त्याएको अन्तर्राष्ट्रियस्तरमा आर्थिक मन्दी, देशभित्रैको राजनितिक अस्थिरता, जस्ता कारण नेपालको अर्थतन्त्र कमजोर अवस्थामा छ ।

जसले गर्दा आवश्यक मात्रामा देशभित्रका औद्योगीक क्षेत्रहरु र व्यापार व्यवसायहरु सहज रुपमा संचालन हुन नसक्दा व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाले तकेता गरेको समयमा कर्जा तिर्न सकेका छैनन् ।

भने केही अराजक समुहले ब्याज तिर्न पर्दैन भन्दै बैंक तथा वित्तिय संस्था विरुद्ध आन्दोलन चर्काउनाले समेत खराब कर्जा बढ्नमा बल पुगेको देखिन्छ ।

नेपाल बैंकर संघका अनुसार चालू आथिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले चार करोड ८३ लाखभन्दा धेरै निक्षेप खातामार्फत झन्डै ५४ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन ।

१८ लाख ऋणीलाई ४८ अर्ब ऋण दिएका छन् । अहिले बजारमा तरलता अभावसँगै ब्याजदर वृद्धि र मागमा आएको संकुचनले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा झन्डै दोब्बरले बढेको छ ।

अहिले बैंक तथा वित्तिय संस्थामा बढ्दै गएको खराब कर्जाले खस्कँदो अर्थतन्त्रलाइ्र्र प्रतिबिम्वित गर्ने भएकाले बेलैमा सरकारले आर्थिक गतिविधि सहज रुपमा संचालन हुने वातावरण तयार पार्न ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid