sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दलितमाथि विभेद अन्त्यका लागि राष्ट्रियसभामा संकल्प प्रस्ताव

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १४:३९
दलितमाथि विभेद अन्त्यका लागि राष्ट्रियसभामा संकल्प प्रस्ताव

काठमाडौं । दलित समुदायमाथि विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न राष्ट्रियसभामा संकल्प प्रस्तावमा छलफल भएको छ ।

राष्ट्रियसभा सदस्य भुवन सुनार प्रस्तावक र सुरेश आले, गोपी अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार, जगतबहादुर पार्की, सिंहबहादुर विश्वकर्मालगायत सांसद समर्थक रहेको संकल्प प्रस्तावमाथि छलफल भएको हो ।

संकल्प प्रस्तावमा संविधान र कानुनमा व्यवस्था भए अनुसार निजी वा सार्वजनिक स्थानमा हुने छुवाछुत र भेदभावलाई गम्भीर सामाजिक अपराध मानी दोषीलाई कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ ।

राहदानी, नागरिकता र सरकारी कागजमा दलित समुदायको नाम, थर, अपमानजनक रुपमा प्रयोग गरेकाले त्यसलाई सच्याउन र यसबाट सम्बन्धित व्यक्तिलाई शारीरिक मानसिक पीडा र प्रगतिमा पुग्न गएको हानी नोक्सानीको क्षतिपूर्ति गराउन पनि माग गरिएको छ ।

राज्यका सबै निकाय र संरचनामा दलित समुदायको समानुपातिक सहभागिता गराउन, दलित समुदायका विद्यार्थीलाई प्राथमिकतादेखि उच्च शिक्षासम्म छात्रवृत्तिको व्यवस्था गर्न पनि माग गरिएको छ ।

त्यस्तै भूमिहीन, दलित समुदायका व्यक्तिलाई एक पटक जमिन उपलब्ध गराउन र आवासविहीन दलितलाई आवास उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

संकल्प प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रियसभा सदस्य भुवन सुनारले दलित समुदायमाथि अपमानजनक व्यवहार गर्ने जोकोहीलाई कारबाही गर्ने कानुनी व्यवस्था सरकारले कार्यान्वयन गरे/नगरेको अनुगमन गर्न पनि सरकारलाई राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताए ।

  • साझा परिवेश
  • बुधबार, चैत्र ८, २०७९ १४:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid