April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

कोशी प्रदेश खारेजीको आन्दोलनका घाइते गम्भीर, बिपी प्रतिष्ठानको आइसियु उपचार हुँदै

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:४३
कोशी प्रदेश खारेजीको आन्दोलनका घाइते गम्भीर, बिपी प्रतिष्ठानको आइसियु उपचार हुँदै
धरान । कोशी प्रदेश नामाङ्कन खारेजीको माग सहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते धरान-१५ का पदम लिम्बु लागेहाङलाई गम्भीर अवस्थामा बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको छ ।
टाउकोमा चोट लागेका उनी हिजो राती अचानक बेहोस भएपछि उपचारार्थ बिपी पुर्‍याइएको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरी अध्यक्ष अमर इजमले बताए ।
उनका अनुसार गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको उनलाई तत्काल आइसियुमा पुर्‍याइयो । चिकित्सकहरूका अनुसार उनको टाउको रगत जमेको छ ।
विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारी माथि निषेधित क्षेत्र नजिक अश्रुग्याँस प्रहार गरेको थियो । लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठी चार्जमा घाइते लिम्बुको टाउकोमा गम्भीर चोट परेको हो । घाइते अवस्थाका उनको घरैमा उपचार भइरहेको थियो ।
हिजो राती उनलाई बान्ता भएपछि अचानक अचेत अवस्थामा पुगेको बताइएको छ ।  उनी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह-कमाण्डर हुन । मञ्च प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको राजनीतिक मोर्चाबाट एक प्रमुख घटक हो ।
  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट