May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ

कोभिड–१९ को विपत्तिमा ओम्नीको ब्रह्मलुट

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:५९
कोभिड–१९ को विपत्तिमा ओम्नीको ब्रह्मलुट

काठमाडौं 

कोभिड–१९ को महामारीको बेला २०७६ चैत ११ मा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वको उच्चस्तरीय समितिको निर्देशनले फास्ट ट्रयाकमा स्वास्थ्य सामग्री खरिद कार्य अघि बढ्यो। जसअनुसार ओम्नि (ओबीसीआई प्राइभेट लिमिटेड) ले पहिलो पटक बिनाप्रतिस्पर्धा चीनबाट मेडिकल सामग्री आपूर्ति गर्ने मौका पायो।

ओम्नीले १ अर्ब २४ करोड ६८ लाख रुपैयाँको ठेक्का सम्झौता गरेर पहिलो लटको सामान ल्यायो। सम्झौता गर्दा बजार दरभाउभन्दा लगभग २० प्रतिशत बढी थियो।

सम्झौताअनुसारको समयसीमामा ओम्नीले स्वास्थ्य सामग्री ल्याउन सकेन। उसले मात्र १० प्रतिशतको हाराहारीमा सामग्री ल्यायो। त्यसपछि सम्झौता रद्द भयो र कालोसूचीमा राखियो। ओम्नीका सञ्चालक पारस केसीले सर्वोच्चमा रिट दिए पनि उनले छुटकारा भने पाएनन्।

ओम्नीसँगको स्वास्थ्य सामग्री खरिद प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत गुमराहमा परेका थिए। तत्कालीन स्वास्थ्यमन्त्री ढकाल, राज्यमन्त्री रावत, स्वास्थ्य सचिव कोइरालाले आपूर्तिकर्तासँग सिधै बैठक बसेर निर्णय गर्नु गलत कार्य थियो। संसद्को सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने ठहर गरेको छ।

खरिदमा एन–९५ मास्कको लागत अनुमान ४ सय ६२ रुपैयाँ.५० पैसा रहेकोमा सम्झौता गर्दा ८ सय २८ रुपैयाँ.६७ पैसामा गरिएको थियो। मास्कमा दोब्बर लागतमा सम्झौता गरिएको ठहर समितिको छ। ओम्नीले ल्याएका कीट पनि गुणस्तरहिन भएको प्रतिवेदन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दिएको थियो।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट