April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

वायु प्रदूषणले मृत्यु पनि हुन सक्छ

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:0७
वायु प्रदूषणले मृत्यु पनि हुन सक्छ

काठमाडौं । सन् २०१३ फेब्रुअरीमा दक्षिण पूर्व लण्डनकी नौ वर्षीया बालिका एला रोबेर्टाको दमका कारण निधन भयो । उनको घर नजिकको साउथ सर्कुलर सडकमा हुने ट्राफिकका कारण वायु प्रदूषण, विशेषगरी हावामा गाडीको धुवाँको कारण हुने ‘नाइट्रोजन डाइअक्साइड’ को मात्रा निकै उच्च थियो ।

श्वासप्रश्वास रोगका विज्ञ डाक्टर स्टिफेन वायु प्रदूषणले गर्दा एला रोबेर्टाको मृत्यु भएको बताएका थिए । यसरी वायु प्रदूषणको कारण मृत्यु भएको हो भनेर लेखिने एला पहिलो व्यक्ति हुन् ।

डिसेम्बर २०२० मा उच्च अदालतले एलाको मृत्युको कारण वायु प्रदूषण भएको निर्णय गरेको थियो । निर्णयमा मुख्यतया तीन कुरा उल्लेख गरिएको थियो । एला बसेको ठाउँमा वायु प्रदूषण विशेषगरी धुवाँमा हुने ‘नाइट्रोजन डाइअक्साइड’ र ‘पी एम २.५’ मसिना धुलोका कणको मात्रा मापदण्डभन्दा धेरै थियो, जुन स्वास्थ्यका लागि एकदमै हानिकारक छ । वायु प्रदूषण र स्वास्थ्यमा यसको असरबारे जनचेतना निकै कम छ । बिरामीलाई यसबारे पर्याप्त जानकारी दिइँदैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ९९ प्रतिशत मानिस प्रदूषित वायु भएको ठाउँमा बस्छन् । वायु प्रदूषणकै कारणले बर्सेनि ७० लाखको मृत्यु हुन्छ । नेपालमा बर्सेनि ४२ हजार १०० जनाको मृत्यु वायु प्रदूषणको कारण हुन्छ । काठमाडौंमा मात्र पाँच हजारभन्दा बढेको मृत्यु वायु प्रदूषणको कारण हुन्छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।