October 26, 2024 | शनिबार, कार्तिक १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजियोस : तोसिमा कार्की

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:२७
निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजियोस : तोसिमा कार्की

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा.तोसिमा कार्कीले देशब्यापी रुपमा बन्दै गरेका वा निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यसका लागि संसदीय छानबिनको समेत माग राखेकी छन् ।
केही दिन अगाडि ललितपुरको बखुण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट आसपासमा घरहरू भासिएका थिए । त्यसको कारण बिना नक्सा पास, बिना इआइए एनलाइसिस काम गर्नु रहेको उनको दाबी छ ।

‘ललितपुरको बखुण्डोल हाइटमा १८ रोपनी जग्गामा १६ तलेसम्मको समिट अर्पाटमेन्ट बनाइरहँदा बिना नक्सा पास, बिना इआइए एनलाइसिस, बिना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण क्षेति भएका छन् ।
भासिने चक्रिनेक्रम जारी छ।’ सांसद कार्कीले भनेकी छन् । उनका अनुसार ‘स्थानीयले पटक पटक उजुरी दिएता पनि अपार्टमेन्ट निर्माणाको काम नरोकिएको गूनासो’ गरेका छन् ।

विगतमा पनि संसदमा यो विषयमा कुरा उठेको छर, वैधानिक प्रक्रिया अगाडि नबढेकोको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेकी छन् ।

‘म आग्रह गर्न चाहन्छु–यसरी नै देशव्‍यापी रुपमा बन्दै गरेका निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपाटमेन्टहरुको वैधानिकता खोजी गरियोस् ।’ यसका लागि संसदीय छानबिन समिति गठनको माग उनको छ ।

उनले भनेकी छन्, ‘सभामुख मार्फत निर्देशन दिइयोस् । संसदीय समिति बनाएर छानबिन प्रक्रिया अगाडि बढाइयोस् । दोषीलाई कारबाही, क्षेति भएका पीडितलाई क्षेतिपूर्ति र क्षेति हुन सक्ने घरहरुको आजैबाट संरक्षण गरियोस् ।’

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्