May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल

थाइराइड प्राकृतिक उपायबाट पनि निको हुन्छ

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १५:११
थाइराइड प्राकृतिक उपायबाट पनि निको हुन्छ

थाइराइड एउटा ग्रन्थि हो, जुन सानो पुतली आकारको हुन्छ । घाँटीको अगाडि भाग रुद्रघण्टीको ठीक तल रहने यो ग्रन्थिले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हार्मोन उत्पादन गर्छ । सोही हार्मोनले नै शरीरका अंगहरुको क्रियाकलापलाई नियन्त्रण गर्छ । थाइराइड ग्रन्थिले आफ्नो सामान्य काम गर्न छाड्दा यसको समस्या हुन्छ ।

थाइराइडको समस्या हार्मोन बढी वा कम उत्पादन हुने समस्याले हुन्छ । हार्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म भनिन्छ भने कम हार्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म भनिन्छ ।

लक्षण

शरीरमा थाइराइड हार्मोनको गडबडी भएमा विभिन्न लक्षण देखा पर्न सक्छन् । जस्तै, दुब्लाउने वा मोटाउने, कपाल धेरै झर्ने, शरीरमा पसिना बढी वा कम आउने, निद्रा बढी वा कम लाग्ने, कब्जियत हुने, झाडापखाला लाग्ने, महिनावारी गडबडी हुने, मुटु जोडसँग ढुकढुक हुने, गर्मी बढी हुने वा जाडो हुने, छाला खस्रो हुने, हात काँप्ने, निःसन्तानको समस्या यसमा देखिन्छन् ।

नियन्त्रण गर्न औषधि खानै पर्छ ?

थाइराइडको समस्या भएमा डाक्टरको सल्लाहअनुसार औषधिको सेवन गर्नुपर्छ । नियमित औषधि सेवन गरेर ३–३ महिनामा महिनामा अवस्था के भयो भनेर फेरि परीक्षण गर्नुपर्छ । कतिपयले जीवनभर नै खानुपर्छ भने कतिपयको १२–१५ महिना औषधि खाएर निको हुन्छ ।

रगतको परीक्षणबाहेक कहिलेकाहीं भाइरस तथा अन्य संक्रमणले असर गर्ने भएकाले आफैं निष्क्रिय भएको हो कि अन्य चीजले आक्रमण गरेको हो भनेर एन्टीबडी जाँच गर्नुपर्छ । थाइराइडको भिडियो एक्सरे गर्नुपर्छ । यी सबै परीक्षण गरेपछि औषधि खानुपर्छ कि पर्दैन भन्ने कुरा तय हुन्छ ।

थाइराइड नियन्त्रण गर्ने प्राकृतिक तरिका पनि हुन्छ ?

थाइराइड नियन्त्रण गर्ने प्राकृतिक उपाय खासै छैन । जीवनशैली परिवर्तन त रोग लागे पनि नलागे पनि गर्नैपर्छ । नियमित व्यायाम, स्वस्थ खानपान, तनाव कम लिने गरियो भने थाइराइड लगायत विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । तर थाइराइडको समस्या भइसकेपछि भने खानपान र व्यायामले रोग निको हुँदैन, औषधि नै खानुपर्छ । थाइराइडलाई औषधिबाटै समाधान गर्ने हो । थाइराइड उच्च हुँदा कहिलेकाहीं शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा रेडियो आयोडिन थेरापी पनि गर्नुपर्ने हुन्छ ।

थाइराइडबारे भ्रम

कतिपय थाइराइडका बिरामीलाई औषधि खानु हुँदैन भन्ने भ्रम छ । यसले शरीरलाई बिगार्छ भन्ने मान्यताका कारण उनीहरू आयुर्वेदिक उपचारतिर लाग्छन् । तर हाइपो थाइराइडिज्मका बिरामीलाई चिकित्सकले शरीरमा कम भएको हार्मोनलाई नै औषधिको रूपमा सेवन गराइरहेका हुन्छन् । त्यसैले यसलाई नियन्त्रण गर्न औषधि खानै पर्छ ।

हार्मोनको गडबडीका कारण थाइराइड हुनेहरूमा निःसन्तानपनको समस्या हुने गर्छ भन्ने भ्रम पनि छ । तर त्यसको समयमै उपचार भएमा त्यो समस्या रहँदैन । यसको कारण निम्तने अन्य समस्यालाई कम गर्न यसको उपचार समयमै गर्नुपर्छ ।


थाइराइडको समस्या भएपछि काउली र बन्दाकोभी खान हुँदैन भन्ने भ्रम छ, जुन गलत हो । थोरै मात्रामा खाँदा त्यसले केही हानि गर्दैन । थाइराइड खानपानसँग धेरै सम्बन्ध नराख्ने रोग हो । थाइराइडका बिरामीले आयोडिनयुक्त नुन र सी फुड (सामुद्रिक खाना) बाट जोगिनुपर्छ । बढी आयोडिन र समुद्रबाट निकालिएका खानेकुराको साथै धेरै चिसो र चिल्लो खानेकुरा भने खानु हुँदैन ।

व्यायाम गरेमा तथा स्वस्थ खानपानले थाइराइड रोग निको हुन्छ भन्ने भ्रम पनि छ । स्वस्थ रहन नियमित व्यायाम र स्वस्थ खानपान जरुरी त हुन्छ तर थाइराइड रोगमा भने व्यायाम र खानपानले कुनै काम गर्दैन । किनकि यो रोग जीवनशैली र शारीरिक कसरतसँग सम्बन्धित होइन ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।