sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘सकम्बरी’ गीतकी मोडल भन्छिन्- अब फिल्ममा काम गर्ने चाहना छ

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:३६
‘सकम्बरी’ गीतकी मोडल भन्छिन्- अब फिल्ममा काम गर्ने चाहना छ

काठमाडौं । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’लाई लिएर यतिबेला चर्चा र विवाद दुवै भइरहेको छ । यसको केन्द्रमा छिन् मोडल कुसुम शर्मा पनि । पेशाले नर्स उनलाई पहिलो गीतले नै लाइमलाइटमा ल्याइदियो । गीतिकथा शैलीमा तयार पारिएको यो गीतमा कुसुमले शीर्ष भूमिका निर्वाह गरेकी छन् ।

विपन्न गाउँले परिवारबाट मोडल बन्ने र पैसा कमाउने सपनासहित सहर आइपुगेकी युवतीको भूमिकामा उनी देखिएकी छन् । गीतले निकै चर्चा पाइरहँदा अनलाइनखबरसँग कुरा गर्दै कुसुमले केही अनुभव बाँडेकी छन् । गीतले गलत सन्देश दिएर छोरीलाई गलत देखाउन नखोजेको उनको तर्क छ ।

भन्छिन्, ‘छोरी मान्छेलाई जति दोषी देख्छौं, त्यत्तिकै रेस्पोन्सिबल छोरा मान्छे पनि हुन्छ है भनेर सन्देश दिन खोजेका हौं । कतिपय कुराहरु काल्पनिक पनि हुन्छ्न, तोकेर भनेको पनि होइन । त्यही पनि यो समाजमा घटिरहेको घटना हो नि, होइन र ? पुरुषहरुले कति दमन गरेका छन् र महिलाहरु कसरी बाध्य हुन्छन् भन्ने कुरालाई चित्रण गरिएको हो ।’

गीत रिलिज भएपछि केहीले आफूलाई गाली गरेको अनुभव उनले सुनाइन् । ‘सबै मान्छेको विचार एउटै पनि हुँदैन । धेरैले राम्रो भनिदिनुभएको छ । अभिनय हो, साँचो कुरा प्रस्तुत गर्दा केको डर जस्तो कुरा गर्दिनुभएको छ । थोरैको गालीभन्दा धेरैको माया पाएकी छु । मायाले खिच्दो रहेछ,’ उनले भनिन् ।

गीत रिलिज हुँदा सुरुमा परिवारले पनि असहज मानेको तर प्रतिक्रिया सकारात्मक आउन थालेपछि परिवारको सहयोग मिलेको उनले बताइन् । ‘टिकटकमा छोटो क्लिप्स हेर्दा जसलार्ई पनि नराम्रो लाग्छ । सुरुमा त परिवारले यो के गरी भन्नुभएको थियो,’ उनी भन्छिन्, ‘सबैले राम्रो भनेको देख्दा एकदमै खुसी हुनुहुन्छ । कमेन्ट पढेर ममी खुसी हुनुभएको छ, अरुले जेसुकै भनोस्, हाम्रो बच्चा कस्तो छ भन्ने हामीलाई थाहा छ भनेर भन्नुभएको छ । तिम्रो खुसीमा हामी खुसी छौं, अरुको कुरा नसुन भन्नुभएको छ । अनि अरु के चाहियो मलाई ?’

आफू नर्सिङको विद्यार्थी भएकाले विदेश जाने तयारीमा रहेको समेत उनले बताइन् । ‘म नर्सिङ पढिरहेकी थिएँ । नर्सिङ पास गरेर बाहिर जाने तयारीमा थिएँ । अब हेरुम के हुन्छ । बलिरहेको दियो झ्याप्प पनि निभ्छ । आफ्नो साइडमा एउटा ब्याकअप राखेकी छु,’ कुसुम भन्छिन् । सकम्बरी रिलिजसँगै गीतको अफर पनि आउन थालेको उनले बताइन् । गीतको छायांकन गर्दा पर्दा पछाडिका मान्छेको मेहनतले आफू प्रभावित भएको सुनाइन् । ‘पर्दा पछाडिका मान्छेले कति दुःख गर्नुपर्दो रहेछ भन्ने दुःख बुझेकी छु । यो कुरा मलाई थाहा थिएन,’ उनले भनिन् ।

गीत हिट भएपछि कमैले आफूलाई कुसुम भनेर चिन्ने गरेको तर सकम्बरी भनेर सबैले चिन्न थालेको अनुभव उनले सुनाइन् । ‘मेरो नाम नै ओझेलमा परेको छ यतिबेला,’ उनले भनिन्, ‘सबैले सकम्बरी भनेर चिन्न थाल्नुभएको छ ।’ खासमा सपुतका कान्छा भाइ सुनिलमार्फत यो म्युजिक भिडियो उनले हात पारेकी हुन् । केही वर्ष पहिले सुनिल र कुसुम फेसबुकमा साथी बनेका थिए । उनले फेसबुकमा हालिरहने फोटो देखेर सुनिलले उनलाई म्युजिक भिडियोको लागि प्रस्ताव राखेका थिए ।

आफ्नो पर्सनालिटी ‘म्याच’ हुने देखेर अफर स्वीकारेको उनको भनाइ छ । अब म्युजिक भिडियोपछि फिल्ममा समेत अभिनय गर्ने कुसुमको सोच छ । ‘अब प्रेमकथा, सामाजिक र अर्गानिक कथाका फिल्ममा काम गर्छु,’ उनले भनिन्, ‘चिसो मान्छे, बुलाकीजस्ता फिल्महरु गर्न मन छ ।’ प्रियंका कार्कीबाट आफूलाई अभिनयमा आउने प्रेरणा मिलेको बताउने कुसुम स्वस्तिमा खड्का र पूजा शर्मा फेभरेट अभिनेत्री भएको बताउँछिन् । ‘मेरो विचारमा प्रियंका बोल्ड छिन्, केही गर्नको लागि उनी अमेरिकाबाट नेपाल आएकी हुन्,’ उनी भन्छिन् ।

पर्वतमा जन्मिएकी कुसुमको परिवार नवलपरासीको दुम्कीबासमा बस्दै आएको छ । चितवनको कालिका मेडिकल इन्सिटच्युटबाट नर्सिङ अध्ययन सकेर उनी गत असारदेखि काठमाडौंमा बस्दै आएकी छन् ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid