sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुत्केरीको मृत्युपछि ओम मेची अस्पताल तनावग्रस्त

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १७:२२
सुत्केरीको मृत्युपछि ओम मेची अस्पताल तनावग्रस्त

दमक ।  दमक–७ स्थित ओम मेची अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ। दमककी ३० वर्षीया रुबी साहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो।

४ बैशाखमा अस्पतालमा शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी रुबीको बुधबार बिहान मृत्यु भएको थियो।

ओम मेची अस्पतालमा रुबीको अवस्था चिन्ताजनक भएपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा थप उपचारका लागि लगिएको थियो । तर, अस्पताल पुर्याउन साथ उनलाई चिकित्सकले मृत घोषणा गरेको श्रीमान मनोज साहले जानकारी दिए।

‘अप्रेसनपछि श्रीमतीको प्रेसर अश्वभाविक रूपमा बढ्यो । पहिला सुगर/प्रेसर थिएन । अहिले मात्र देखिएको हो । बुधबार चिन्ताजनक अवस्था भएपछि जबरजस्ती रेफर मागेर बिएण्डसी लगेँ,’ उनले भने, ‘मुखबाट फिज नै निस्किएको थियो । बिएण्डसी पुर्याउँदा धेरै अघि मृत्यु भएको भने। अस्पतालले प्रेसर बढेको छ भनेर अगाडि नै भनेका भए मृत्यु हुने थिएन। म राम्रो अस्पताल लैजाने थिएँ । यसमा अस्पतालको लापरवाही छ।’

सुत्केरी साहको मृत्युपछि अस्पतालमा शव राखेर आफन्तले प्रदर्शन गरेका छन्। उनीहरूको प्रदर्शनका कारण अस्पताल केहीबेर तनावग्रस्त बन्यो

साहलाई दमकको सरकारी अस्पताल दलक अस्पतालले उपचार प्रक्रिया नै नथाली ओम मेचीमा रेफर गरेको थियो । निजी अस्पताल ओम मेचीका सञ्चालक दमकका मेयर रामकुमार थापा पनि छन् । उनी दमकको सरकारी अस्पताल दमक अस्पतालका सञ्चालक समिति अध्यक्ष पनि हुन्।

अस्पतालका लगानीकर्ता मेयर थापाद्वारा पत्रकारलाई रोक

सरकारी अस्पताल दमक अस्पतालका अध्यक्ष तथा मेयर थापाले उनको निजी अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उनी अफैँ अस्पताल सञ्चालकको रूपमा छलफलमा बसे । छलफलमा अस्पतालका सञ्चालक डुण्डीराज भण्डारी पनि थिए।

यद्यपि उपचारमा संलग्न डाक्टर विनै छलफल भइरहेको छ । भण्डारीले केहीबेरमा डाक्टरहरू पनि आउने बताए । मेयर थापाले छलफलमा भने पत्रकारलाई जान रोक लगाएका छन् । पीडित परिवारले अस्पतालको छलफलमा पत्रकारलाई पनि लैजानुपर्ने माग राखे पनि मेयर तथा अस्पताल सञ्चालक थापाले प्रहरीलाई निर्देशन दिएर पत्रकारलाई प्रवेश रोकेका हुन्।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १७:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid