May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

सुत्केरीको मृत्युपछि ओम मेची अस्पताल तनावग्रस्त

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १७:२२
सुत्केरीको मृत्युपछि ओम मेची अस्पताल तनावग्रस्त

दमक ।  दमक–७ स्थित ओम मेची अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ। दमककी ३० वर्षीया रुबी साहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो।

४ बैशाखमा अस्पतालमा शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी रुबीको बुधबार बिहान मृत्यु भएको थियो।

ओम मेची अस्पतालमा रुबीको अवस्था चिन्ताजनक भएपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा थप उपचारका लागि लगिएको थियो । तर, अस्पताल पुर्याउन साथ उनलाई चिकित्सकले मृत घोषणा गरेको श्रीमान मनोज साहले जानकारी दिए।

‘अप्रेसनपछि श्रीमतीको प्रेसर अश्वभाविक रूपमा बढ्यो । पहिला सुगर/प्रेसर थिएन । अहिले मात्र देखिएको हो । बुधबार चिन्ताजनक अवस्था भएपछि जबरजस्ती रेफर मागेर बिएण्डसी लगेँ,’ उनले भने, ‘मुखबाट फिज नै निस्किएको थियो । बिएण्डसी पुर्याउँदा धेरै अघि मृत्यु भएको भने। अस्पतालले प्रेसर बढेको छ भनेर अगाडि नै भनेका भए मृत्यु हुने थिएन। म राम्रो अस्पताल लैजाने थिएँ । यसमा अस्पतालको लापरवाही छ।’

सुत्केरी साहको मृत्युपछि अस्पतालमा शव राखेर आफन्तले प्रदर्शन गरेका छन्। उनीहरूको प्रदर्शनका कारण अस्पताल केहीबेर तनावग्रस्त बन्यो

साहलाई दमकको सरकारी अस्पताल दलक अस्पतालले उपचार प्रक्रिया नै नथाली ओम मेचीमा रेफर गरेको थियो । निजी अस्पताल ओम मेचीका सञ्चालक दमकका मेयर रामकुमार थापा पनि छन् । उनी दमकको सरकारी अस्पताल दमक अस्पतालका सञ्चालक समिति अध्यक्ष पनि हुन्।

अस्पतालका लगानीकर्ता मेयर थापाद्वारा पत्रकारलाई रोक

सरकारी अस्पताल दमक अस्पतालका अध्यक्ष तथा मेयर थापाले उनको निजी अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उनी अफैँ अस्पताल सञ्चालकको रूपमा छलफलमा बसे । छलफलमा अस्पतालका सञ्चालक डुण्डीराज भण्डारी पनि थिए।

यद्यपि उपचारमा संलग्न डाक्टर विनै छलफल भइरहेको छ । भण्डारीले केहीबेरमा डाक्टरहरू पनि आउने बताए । मेयर थापाले छलफलमा भने पत्रकारलाई जान रोक लगाएका छन् । पीडित परिवारले अस्पतालको छलफलमा पत्रकारलाई पनि लैजानुपर्ने माग राखे पनि मेयर तथा अस्पताल सञ्चालक थापाले प्रहरीलाई निर्देशन दिएर पत्रकारलाई प्रवेश रोकेका हुन्।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १७:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट