May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ

गहुँ सुकाउँदा दुर्घटनाको जोखिम

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १0:४१
गहुँ सुकाउँदा दुर्घटनाको जोखिम

बाजुरा  । बाजुराको साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने डाब बजारदेखि मार्तडी सडकको बीचमा स्थानीयले सुकाउने गरेको गहुँले पछिल्लो समय सडकमा दुर्घटनाको जोखिम बढाएको छ।

बूढीगङ्गा र बडीमालिका नगरपालिकाका अधिकांश स्थानीयले चुट्नका लागि गहुँबाली सुकाउन सडक प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेको हो। वैशाख लागेलगत्तै यहाँका स्थानीयले गहुँ टिपेर चुट्नका लागि सडकको बीचबीचमा राख्दै आएका छन्।

सोही ठाउँमा गाडी चलाउन निकै समस्या हुने गरेको गाडी चालक बताउँछन्। सडकको बीचमा गहुँ टिपेर राख्ने चलनले पछिल्लो समयमा बाजुराको डाबदेखि मार्तडीसम्मको अधिकांश सडकमा गाडी चलाउन निकै समस्या भएको महाकाली यातायात ना. ७ ख ५३३५ बसका चालक भेषराज जैसीले बताउनुभयो। “गहुँ बाटोमा नराख्न पटक–पटक भन्दै आएका छौँ तर पनि स्थानीयले सुनुवाइ नै गर्दैनन्,” उहाँले भन्नुभयो, “दुर्घटना हुन्छ भन्दाभन्दै पनि यस्तो काम गर्छन्।”

सडकमा गहुँ राखेर गाडीलाई बाटो अवरुद्ध गर्ने स्थानीयलाई बाटोमा गहुँ नफाल्नू भनेर जानकारी गर्दै आए पनि त्यसको कुनै सुनुवाइ नगरेको

बूढीगङ्गा नगरपालिका–८ का वडाध्यक्ष रमेश रावलले बताउनुभयो। उहाँले भन्नुभयो, “सडकमा गहुँ फाल्नु हुँदैन भन्दा उल्टै स्थानीयले आफूलाई गाली गर्ने गरेका छन्।”

बूढीगङ्गा नगरपालिकाको डाब, खुना, मालिका, रिठा, बेतालमाण्डौ, बाम्का, फालासैन, सेरा, बल्दे र बडीमालिका नगरपालिकाको तिपाडा, ओेलेना राप्पका, सेलाघाटलगायतका क्षेत्रमा पर्ने सडकमा स्थानीयले पछिल्लो समयमा गहुँ फाल्ने गरेका छन्।

सडकमा फालेको गहुँबाली गाडीले कुल्चिएर चुटिने भएकाले यहाँका स्थानीयले खेतबाट गहुँ टिप्दै सडकमा ल्याएर फाल्ने गरेका हुन्। बूढीगङ्गा र बडीमालिका नगरपालिकाका स्थानीयले बाटोमा राख्दै आएको गहुँ हटाउनुपर्नेबारेमा स्थानीय तहबाट कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोरसिंह ऐरीले बताउनुभयो।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।