April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

पुनर्गठन भएको मन्त्रिपरिषद्मा मन्त्री थपिए

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० ११:५0
पुनर्गठन भएको मन्त्रिपरिषद्मा मन्त्री थपिए

वीरेन्द्रनगर। कर्णालीमा मन्त्रिपरिषद्ले बिहीबार पूर्णता पाएको छ। यसअघि एमाले सरकारबाट बाहिरिएपछि काँग्रेस सरकारमा सहभागि भएको हो। बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषद् मा  कांग्रेसका तीन र माओवादीका एक मन्त्री थपिएका छन्।

नवनियुक्त चारै जना मन्त्रीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। कांग्रेसबाट जाजरकोटका वेदराज सिंह आर्थिक मामिला तथा योजनामन्त्री, सुर्खेतका खड्गबहादुर पोखरेल सामाजिक विकासमन्त्री र दैलेखका कृष्णकुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन्। यस्तै माओवादीबाट डोल्पाकी उर्मिला विश्वकर्माले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

कर्णालीमाा मन्त्रालयको संख्या पनि आठ बनाइएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयबाट टुक्राएर जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो। यसअघि एमाले र माओवादीको गठबन्धन सरकार हुँदा ऊर्जालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभिएको थियो। भागबन्डा मिलाउन मन्त्रालयको संख्या बढाइएको छ। कर्णालीमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री छन्। यस्तै माओवादीबाटै मंगलबहादुर शाही भौतिक विकास र कृष्णबहादुर जिसी आन्तरिक मामिला तथा कानुन मन्त्री छन्।

एउटा निर्वाचन क्षेत्रका सबै सांसद मन्त्री

सुर्खेतको क्षेत्र नं १ बाट निर्वाचित तीनै जना सांसदहरू मन्त्री बनेका छन्। गत मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पुर्णबहादुर खड्का संघीय सरकारमा नेपाली कांग्रेसको तर्फबाट नेतृत्व गर्दै उपप्रधान तथा रक्षामन्त्री बनेका छन्। यस्तै सुर्खेत क्षेत्र नं. १ कै प्रदेशसभा (क) बाट प्रदेशसभामा निर्वाचित सांसद खड्गबहादुर पोखरेल कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेका हुन्।

उनी नेपाली कांग्रेस सुर्खेतका जिल्ला सभापति हुन्। यस्तै सुर्खेत क्षेत्र नं. १ कै प्रदेशसभा (ख) बाट निर्वाचित माओवादी केन्द्रका नेता कृष्णबहादुर जिसी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन्।

नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले संघिय सरकारमा नेपाली कांग्रेसको नेतृत्व दिएर पुर्णबहादुर खड्कालाई उपप्रधानमन्त्री दिएर पाटीले न्याय गरेको बताए।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।