April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु

गठबन्धनकै गढमा स्वर्णिमलाई बढी मत

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:१0
गठबन्धनकै गढमा स्वर्णिमलाई बढी मत

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको फराकिलो अग्रता कायम छ ।

पछिल्लो अपडेट अनुसार उनले १० हजार मत कटाएका छन् । वाग्लेले १० हजार २५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्दलाई स्वर्णिमले ५ हजार २५६ मत अन्तरले पछि पारेका छन् ।

एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मत पाएका छन् । खनाल भट्टराईभन्दा २२०६ मतले र वाग्लेभन्दा ७४६२ मत अन्तरले पछि छन् ।

स्वर्णिमले सत्ता गठबन्धन र नेकपा एमालेको गढ भनिएकै क्षेत्रबाट धेरै मत पाएका छन् । स्थानीय तह निर्वाचनमा १३ वटा वडाहरु रहेको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो । यहाँका ९ वटा वडा कांग्रेसले तथा एमाले र स्वतन्त्रले दुई-दुई वटा वडा जितेका थिए ।

यसैगरी आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रका उम्मेदवारले जितेका थिए । कांग्रेस दोस्रो भएको थियो । तर भानु र आँबुकै वडाहरुबाट स्वर्णिमको पक्षमा बढी भोट खसेको छ ।

भानुको वडा नम्बर ३ मा स्वर्णिमले ७१४, वडा नम्बर ४ मा ७५९ र वडा नम्बर ८ मा ८५६ मत पाउँदा गोविन्दले ४१८, ४८२ र ४५८ मत पाएका छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।