May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

सन्दीपको मुद्दा दीपक ढकालको इजलासमा

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:२0
सन्दीपको मुद्दा दीपक ढकालको इजलासमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम पेशी न्यायाधीश दीपक ढकालको इजालासमा परेको छ।

बलात्कार आरोप लागेका सन्दीपलाई यसअघि बाँकी साक्षीको बयान लिन अदालतले आदेश दिएको थियो।

६ वैशाखमा अदालतले पीडित भनिएकी किशोरीको स्वास्थ्य जाँच गर्ने डक्टर र साहब आलमसँग बयान लिएको थियो।

लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदैछ। काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरुद्धको मुद्दामा सनुवाइ हुने भएको हो।

उनको पेशी चौंथौ नम्बरमा रहेको छ। यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले साक्षीको बकपत्र लिन आदेश दिएको थियो।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।

सन्दीपलाई काठमाडौं जिल्ला अदालतले प्रारम्भिक सुनुवाईमा पुर्पक्षका लागि जेल चलान गरेको थियो।

तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो। सन्दीपले सर्वोच्चोमा पुनरावेदन गरेपछि उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको थियो।
मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी रहेको छ।

निरन्तर पेशीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको थिएन। सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश गरेको भए पनि विभिन्न
कारणले पेशी स्थगित हुँदै आएको छ। आज काठमाडौँ जिल्ला अदालतले सन्दीपको पेशी तोकेको छ।

 

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।