April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

बहुमतको सरकार गठनका लागि गण्डकीमा आह्वान

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १३:३६
बहुमतको सरकार गठनका लागि गण्डकीमा आह्वान

पोखरा । गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् ।

‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र सरकार गठनका लालि दाबीप् पेश गर्न प्रदेश प्रमुखज्यूले आह्वान गर्नुभएको छ,’ प्रदेश प्रमुखको सचिवालयका प्रेस संयोजक माधव रेग्मीले भने, ‘प्रदेश प्रमुखले कानुनी परामर्शपछि आश्वान गर्नुभएको हो ।’
पुस २५ गते माओवादी र राप्रपाको समर्थनमा एमालेबाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी सरकारबाट केन्द्रमा सत्ता समीकरण फेरिसँगै चैत १० गते माओवादीले समर्थन फिर्ता लिएको थियो ।

कुन उपधारा बमोजिम सरकार गठन गर्ने भन्ने अन्योलमा कानुनी परामर्शका लागि खगराज अधिकारी सरकार ढल्ने बेला नै प्रदेश प्रमुख गुरुङ काठमाडौं पुगेका थिए । आइतबार साँझमात्र पोखरा फर्किएका गुरुङले सरकार गठन आह्वान गर्न विलम्ब गरेपछि उनको आलोचनासमेत भएको थियो । माओवादीले पनि मुख्यमन्त्री दाबी गरेकाले उसलाई रोक्न कांग्रेसले ठूलो दलको हैसियतमै मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग लबिइङ गरेको थियो ।

तनहुँ–१ को निर्वाचनलाई देखाउँदै आलोपालो सरकार चलाउन माओवादी नेता चुमानले सहमति गराएका थिए । तर, सोमबार नै कांग्रेस उम्मेदवार गोविन्दले हार्ने निश्चित भएपछि प्रधानमन्त्री प्रचण्डले नै तनहुँको परिणाम पनि अनुकुल नआएकाले कांग्रेसले नै सुरुमा नेतृत्व गर्ने बताएका थिए ।

सोमबार नै लुम्बिनी सरकार पनि ढलेको छ । लुम्बिनीमा पनि गण्डकीको नजिर हेरेर आह्वान गर्ने प्रदेश प्रमुख अमिक शेरचनले बताएका छन् ।

गण्डकीमा उपधारा २ बमोजिम नै सरकार गठन भएपछि लुम्बिनीमा पनि त्यसरी नै आह्वान गर्ने एक नेताले बताए । तर, लुम्बिनीमा ठूलो दल एमालेले उपधारा ३ बमोजिम नै सरकार गठन हुनुपर्ने बताइरहेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १३:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।